बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

विश्व बैंकको बैठकमा नेपालका लागि सहुलियत ऋण बढाउन अर्थमन्त्रीको जोड 

images
बुधबार, असोज २४ २०८०
images
images
विश्व बैंकको बैठकमा नेपालका लागि सहुलियत ऋण बढाउन अर्थमन्त्रीको जोड 

बैठकमा दुबै निकायबाट भएका प्रस्तुतिमा प्रतिक्रिया दिंदै नेपालका अर्थमन्त्री महतले नेपाल जस्ता देशलाई दिगो विकासमा खडा गर्नका लागि सहुलियत सहायताको आवश्यकता रहेको बताए। 

images
images

मोरक्को- विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले सहुलियत ऋणका पक्षमा लविङ गरेका छन्। 

images
images
images

आज सम्पन्न भएको बैठकमा बोल्दै महतले नेपाल जस्ता मुलुकले पाइरहेको सहुलियत ऋणको परिमाण बढ्नुपर्ने तर्क गरेका हुन्। 

images

बैठकमा दुबै निकायबाट भएका प्रस्तुतिमा प्रतिक्रिया दिंदै नेपालका अर्थमन्त्री महतले नेपाल जस्ता देशलाई दिगो विकासमा खडा गर्नका लागि सहुलियत सहायताको आवश्यकता रहेको बताए। 

images
images
images

विश्व बैंकले तयार गरेको 'प्लेबुक' मा सहुलियत दर बढाउँदै जाने कुराको प्रतिवद्धता ठोस रुपमा प्रतिविम्वित हुनुपर्ने महतले बताएका थिए। महतले निजी क्षेत्रसंग सम्बन्धित उपकरणहरु समेत साना अर्थतन्त्र भएका मुलुकको पहुँचमा पुर्याउने र व्यालेन्सिट अप्टिमाईजेसन मार्फत बैंकको आयको महत्वपूर्ण हिस्सा विश्वबैंकको सहुलियतपूर्ण ऋण लगानी गर्ने संरचनाको रुपमा चिनिने 'आइडीए' मा समावेश गरेर जान सकेमा कम आय भएका देशमा सहुलियत दर बढाउनु पर्ने चासोको सम्बोधन हुनसक्ने बताए। 

त्यसैगरी अन्तर्राष्ट्रिय मुद्राकोषको प्रस्तुतिमा प्रतिकृया दिदै अर्थमन्त्री महतले कोषको वित्तीय सुविधाहरु परम्परागत कोटाको आधारमा वितरण गर्ने विद्यमान अभ्यासका कारण कम प्रतिनिधित्व भएका मलुकको आवश्यकता प्रतिविम्वित हुन नसकेकोले जारी कोटा पुनरावोलकन प्रकृयामा पुनर्विचार हुनुपर्ने विचार समेत सशक्त रुपमा प्रस्तुत गरे। 


प्रकाशित : बुधबार, असोज २४ २०८०१३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend