सोमबार, जेठ ७ गते २०८१    
images
images

नेपाल टेलिकमले ल्यायो अटम अफर, के-के छन् सुविधा?

images
बुधबार, असोज २४ २०८०
images
images
नेपाल टेलिकमले ल्यायो अटम अफर, के-के छन् सुविधा?
images
images

काठमाडौं- नेपाल टेलिकमले विभिन्न भ्वाइस तथा डाटा अफर ल्याएको छ। टेलिकमले बिहीबारदेखि लागु हुने 'अटम अफर' अन्तर्गत विभिन्न प्याकेजहरु उपलब्ध गराउने छ।

images
images
images

यो अफरअन्तर्गत अनलिमिटेड अन-नेट भ्वाइस प्याकेजमा १३ रूपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ। त्यसैगरी सोही अनलिमिटेड अन-नेट भ्वाइस प्याकेजअन्तर्गत १३ रूपैयाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ। 

images

अल नेट भ्वाइस प्याकअन्तर्गत १८ रूपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

images
images

यसैगरी अल टाइम डाटा प्याकअन्तर्गत ९५ रूपैयाँमा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डाटा उपलब्ध हुनेछ। त्यसैगरी आकर्षक सुविधासहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुने टेलिकमले जनाएको छ।

images
images

कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ। यसअनुसार ६ सय ३६ रूपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ-नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ। सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ।

यस्तै कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउदा १ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ। सो डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ।

अटम अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*१# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।


प्रकाशित : बुधबार, असोज २४ २०८०१२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend