बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

सहिद लालध्वज मोटरमार्गको स्तरोन्नति गरिँदै

images
बुधबार, असोज २४ २०८०
images
images
सहिद लालध्वज मोटरमार्गको स्तरोन्नति गरिँदै

पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको यस मार्गमा यस वर्ष करिब चार किलोमिटर दुरीमा स्तरोन्नति गर्न लागिएको हो।

images
images

तनहुँ- शुक्लागण्डकी नगरपालिकाले सहिद लालध्वज मोटरमार्गअन्तर्गत कोत्रे-थप्रेक सडक खण्डमा स्तरोन्नति गरिँदै छ।

images
images
images

पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको यस मार्गमा यस वर्ष करिब चार किलोमिटर दुरीमा स्तरोन्नति गर्न लागिएको हो। संघीय सरकारको दुई करोड रूपैयाँको लागतमा सडक विस्तार गर्न लागिएको शुक्लागण्डकी नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले जानकारी दिए।

images

शुक्लागण्डकी-१ कोत्रेदेखि व्यास नगरपालिका-६ स्थित सिन्धुमार्गमा जोडिएकाले राजमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्न लागिएको उनले बताए। कुनै कारणवश दमौली-कोत्रे खण्डको राजमार्ग अवरुद्ध भएको अवस्थामा उक्त मार्ग प्रयोग गरी पोखरा, लमजुङ, गोरखा, चितवन, काठमाडौं लगायतका मुख्य सहरमा आवतजावतमा सहज हुने बताइएको छ।

images
images
images

उक्त लालध्वज मोटरमार्गअन्तर्गत करिब १८ किलोमिटर दुरीमा रहेको छ। यसअघि करिब चार किलोमिटर सडक कालोपत्र गरिएको छ भने बाँकी चौध किमी सडकमा ग्राभेल गरिएको छ। बहुवर्षीय योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारले सडक कालोपत्रका लागि चालु आर्थिक वर्षमा तीन करोड रूपैयाँ बजेट विनियोजन गरिसकेको सो नगरपालिकाले जनाएको छ।

सदरमुकाम दमौलीबाट राजमार्ग हुँदै कोत्रे जानुभन्दा उक्त मोटरमार्गको दुरी छोटो पर्ने भएकाले पनि प्राथमिकतामा राखेर काम गर्दै आएको उनले बताए। त्यसैगरी दुलेगौडाबाट शुक्लागण्डकी-१२ को लिलाचोकसम्म व्यवस्थित नाला सहितको सडक स्तरोन्नति गर्न लागिएको नगरपालिकाले जनाएको छ।

डीपीआरको अन्तिम चरणमा रहेकाले कार्य सम्पन्नपश्चात् ठेक्का प्रक्रिया अघि बढाइने नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए। छिमेकी जिल्ला स्याङ्जाको पुतलीबजार जोड्ने उक्त मोटरमार्ग राजमार्गको सडकबाट भन्दा छोटो दुरीमा पर्ने भएकाले प्राथमिकता दिएर काम गर्दै आएको नगरपालिकाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज २४ २०८०१२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend