शुक्रबार, चैत १६ गते २०८०    
images
images

४ जहाजबाट दुर्गममा उडान गर्दै बुद्ध एयर

images
बिजनेस न्युज
images
४ जहाजबाट दुर्गममा उडान गर्दै बुद्ध एयर

दुर्गमलाई सुगम, सहज र सबैको पहुँचहुने गरी सन् २०२३ बाट दुर्गममा बुद्धले उडान सुरु गर्ने तयारी गरेको छ।

images
images

काठमाडौं- निजी हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले ४ वटा जहाज मार्फत दुर्गममा उडान गर्ने भएको छ। दुर्गमलाई सुगम, सहज र सबैको पहुँचहुने गरी सन् २०२३ बाट दुर्गममा बुद्धले उडान सुरु गर्ने तयारी गरेको छ।

images
images
images

दुर्गग उडानका लागि आवश्यक जहाज खरिद प्रक्रियामा रहेको बुद्ध एयरमा प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ट्वीनअटर  जहाज निर्मात कम्पनीका सेल्स एण्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव मोराच्रसँग ‘दुवई एयर सोमा भेटवार्ता समेत गरेका छन्।

images

एयरले पूर्वका लागि मन्थली, पश्चिमका लागि पोखरा र सुदुरपश्चिमका लागि नेपालगञ्जलाई वेस बनाएर ४ वटा जहाजबाट हवाई उडान भर्ने योजना सार्वजनिक गरेको छ।  यसैगरि सन् २०२४ मा थप २ वटा र क्रमशः सन् २०२५ र २०२६ मा क्रमशः २/२ वटा जहाज थप्ने योजना रहेको समेत बुद्ध एयरले जनाएको छ।

images
images

आन्तरिक उडानको सबैभन्दा ठूलो कम्पनी बुद्धले हलसम्म सुगम क्षेत्रमा मात्र उडान गरिरहेको छ। आन्तरिक उडानमा ५० प्रतिशत बढी बजार हिस्सा भएको बुद्धले दर्गममा उडान सुरु गरेर सहज बनाउने लक्ष्य लिएको छ। 

अहिले दुर्गम क्षेत्रमा नियमित उडान नहुने तथा यात्रु माग हुने गन्तव्यमा पनि सहज टिकट उपलब्ध हुने अवस्था छैन। 

images

प्रकाशित : आइतबार, मंसिर ५ २०७८०५:३१
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ