बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

बेमौसमी वर्षाले मुस्ताङमा घट्यो स्याउ उत्पादन

images
बुधबार, असोज २४ २०८०
images
images
बेमौसमी वर्षाले मुस्ताङमा घट्यो स्याउ उत्पादन
फाइल तस्बिर

मुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउने चटारो छ। यस वर्ष असोजमै सबैजसो बगैँचाहरु रित्तिन थालेका छन्।

images
images

म्याग्दी- गत वर्ष एक लाख ६० हजार रूपैयाँको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष एक लाख २० हजार रूपैयाँको मात्र बिक्री गरे। थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन्। 

images
images
images

गत वर्ष १२ लाख रूपैयाँको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बगैँचामा स्याउ कम फलेकाले पाँच लाख रूपैयाँमा ठेक्कामा दिएको बताए। राजेन्द्र र भूपेन्द्र मात्र नभएर यहाँका सबैजसो किसान यसपाली स्याउ खेतीबाट आम्दानी घटेकामा निराश भएका छन्।

images

'स्याउमा फूल खेल्ने बैशाख, जेठमा दिउँसो वर्षा र रातिमा परेको तुसारोले कम फल लागेको छ,' राजेन्द्रले भने, 'बोटमै कम फल लागेकाले उत्पादन र आम्दानी पनि घट्यो।' स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख फलफूल हो। 

images
images
images

यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए। 'फूल खेलेर परागशेचन हुने समयमा धेरै वर्षा हुँदा फूलबाट दाना कम लागेको छ,' उनले भने 'यसवर्ष स्याउको फूल फुल्ने समय बैशाख-जेठमा वर्षाले बोटमा परागसेचन हुन पाएन।'

मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको केन्द्रले जनाएको छ। '३८ हेक्टर क्षेत्रफलमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती लगाइएको छ', प्रमुख बस्ताकोटीले भने, 'गत वर्ष जिल्लामा छ हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो।'

५० करोड रूपैयाँ मूल्य बराबरको चार हजार ६ सय २० मेट्रिक्टन स्याउ म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौंलगायतका सहरमा निकासी भएको उनले जानकारी दिए। बगैँचामा प्रतिकिलो एक सयदेखि एक सय २० रूपैयाँका दरले स्याउ बिक्री हुने गरेको बस्ताकोटीले बताए।

मुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउने चटारो रहेको भन्दै किसान भूूपेन्द्रले स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको बताए। 'यसअघिको वर्षमा मङ्सिरसम्म स्याउ बोटमै हुन्थ्यो। अहिले असोजमै सबैजसो बगैँचाहरु रित्तिन थालेका छन्', उनले भने, 'नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैँचा व्यापारीलाई ठेक्का दिने गरेका छौँ।'

किसान बलबहादुुर थकालीले ठेक्का लिएका व्यापारी आफैले स्याउ टिपेर बजार लैजाने गरेका बताए। 'स्याउलाई बजारको समस्या छैन,' उनले भने 'फलाउन सक्नुपर्‍यो जति पनि बिक्री हुन्छ।'

धादिङबाट स्याउ खरिद गर्न मुस्ताङ आएका शिवाङ तामाङले पातलो फलेपनि दाना ठूला र स्वादिष्ट रहेको बताए। बेनी, बागलुङ र पोखराका बजारमा मुस्ताङको स्याउको माग उच्च रहेको उनको भनाइ थियो। रासस


प्रकाशित : बुधबार, असोज २४ २०८०१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend