आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

भित्र्याउने बेलाको मार्सीधानमा ‘ब्लाष्ट’ रोगको संक्रमण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २४ २०८०
भित्र्याउने बेलाको मार्सीधानमा ‘ब्लाष्ट’ रोगको संक्रमण

सबैभन्दा धेरै तातोपानी-५ स्थित लाम्रा, नगर, एैरेनी हाँक, हियाँखोलाका किसान बढी सो रोगबाट मारमा परेको स्थानीयवासी पूर्णप्रसाद चौलागाईंको भनाइ छ।

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको संक्रमण देखापरेको छ। भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन्। स्थानीयवासी धनप्रसाद चौलागाईंले ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताए।

उनको खेतबाट करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो। त्यही उत्पादनले वर्षभरि पुग्थ्यो। खेतमा पाकेको धानमा आगो लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। तातोपानीको वडा नं ४, ५ र ६ मा मार्सीधान उत्पादन हुने फाँटमा बढी ब्लाष्ट रोगले धैरे क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।

अगामी कात्तिक महिनाको पहिलो सातादेखि धान भित्र्याउने जुम्ली किसान एक्कासी धानमा संक्रमण भएको नेक ब्लाष्ट (घाँटी मरुवा) रोगले तातोपानीको अनुमानित करिब ८० हेक्टर धान बालीमा क्षति गरेको उनले बताए। सबैभन्दा धेरै तातोपानी-५ स्थित लाम्रा, नगर, एैरेनी हाँक, हियाँखोलाका किसान बढी सो रोगबाट मारमा परेको स्थानीयवासी पूर्णप्रसाद चौलागाईंको भनाइ छ।

कार्यापालिकाको बैठकबाट पालिकाभित्रका किसानलाई उचित राहत प्रदान गरिने उपाध्यक्ष रेवती रावलले बताए। चन्दननाथ नगरपालिकाको-९ मा पनि उक्त रोगले धान बालीमा असर गरेको किसान बताउँछन्। 

जिल्लामा अहिले तीन हजार हेक्टर क्षेत्रफलमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। पछिल्लो समयमा स्वदेश तथा विदेशबाट जुम्ली मार्सी धानको चामल अत्यधिकरूपमा माग हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालन गरेको अर्गानिक पसलका सञ्चालक बताउँछन्। रासस


प्रकाशित : बुधबार, असोज २४ २०८००४:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend