आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

ग्लोबल क्लाइमेट पार्टनरसिप फण्डसँग साझेदारी गर्ने नेपालबाट पहिलो बन्यो ग्लोबल आईएमई बैंक, २ करोड ५० लाख डलर ऋण लिने 

बुधबार, असोज २४ २०८०
ग्लोबल क्लाइमेट पार्टनरसिप फण्डसँग साझेदारी गर्ने नेपालबाट पहिलो बन्यो ग्लोबल आईएमई बैंक, २ करोड ५० लाख डलर ऋण लिने 

जीसीपीएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले नेपालमा पहिलो पटक ग्लोबल आइएमई बैंकलाई ऋण प्रदान गरेको हो। 

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २ करोड ५० लाख अमेरिकी डलर ऋण लिने भएको छ। यसका लागि सम्झौतामा हस्ताक्षर भइसकेको छ। 

ऋणले कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई उर्जा दक्षता प्रबर्द्धन गर्न तथा नविकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्ने बैंकले जानकारी दिएको छ। 

जीसीपीएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले नेपालमा पहिलो पटक ग्लोबल आइएमई बैंकलाई ऋण प्रदान गरेको हो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विश्वका विभिन्न २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रहरुमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जीसीपीएफसँगको सहकार्यले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र उर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, उर्जा क्षेत्रमा प्रभावकारीता एवं दक्षता वृद्धि गर्न तथा नविकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सुविधा उपलब्ध गराउन यस क्लाइमेट फन्डले महत्वपूर्ण सहयोग पुर्‍याउने दुवै पक्षले विश्वास लिएका छन्। 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।


प्रकाशित : बुधबार, असोज २४ २०८००४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend