आइतबार, मंसिर ९ गते २०८१    
images
images

घट्दो छ जलविद्युत कम्पनीको सेयर मूल्य : १६ कम्पनीको १९९ रुपैयाँसम्म, ३०० भन्दा कममा ३१ कम्पनी

images
बुधबार, असोज २४ २०८०
images
images
घट्दो छ जलविद्युत कम्पनीको सेयर मूल्य : १६ कम्पनीको १९९ रुपैयाँसम्म, ३०० भन्दा कममा ३१ कम्पनी
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१९९ को बिन्दुबाट झर्दै १८८९ को बिन्दुमा झरेसँगै जलविद्युत समूहका कम्पनीको सेयर मूल्यमा समेत भारी गिरावट आएको छ। जलविद्युत समूहका १६ कम्पनीहरूको सेयर २ सय रुपैयाँभन्दा कममा कारोबार भइरहेको छ।

images
images
images

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को संस्थापक सेयर मूल्य एकसय रुपैयाँबाट ९८.२० रुपैयाँमा झरेको छ। यस कम्पनीको साधारण सेयर मूल्य पनि १ सय ६४ रुपैयाँमा झरेको छ। सन् २०१६ मा नेप्सेमा सूचीकृत भएको एचआईडीसीएलको सेयर मूल्य ५ सय रुपैयाँसम्म पुगेको थियो। 

images

एचआईडीसीएलसँगै अन्य जलविद्युत कम्पनीको पनि सेयर मूल्य दुई सय रुपैयाँभन्दा तल झरेको छ। हिमाल दोलखा हाइड्रोपावरको १ सय २६ रुपैयाँ, नेसनल हाइड्रापावर कम्पनीको १ सय ४५ रुपैयाँ, शिवश्री हाइड्रोपावर कम्पनीको १ सय ४६ रुपैयाँ, दिव्यश्वरी हाइड्रोको १ सय ४६ रुपैयाँ, आँखुखोल जलविद्युत कम्पनीको १ सय ५२ रुपैयाँ, पञ्चकन्यामाइ हाइड्रो कम्पनीको १ सय ७० रुपैयाँ छ।

images

यस्तै अरुण कावेलीको १ सय ७६ रुपैयाँ, एपिपावर कम्पनीको १ सय ७३ रुपैयाँ, युनिभर्सल पावर कम्पनीको १ सय ७८ रुपैयाँ, खानीखोला हाइड्रोपावर कम्पनीको १ सय ७९ रुपैयाँ, लिवर्टी इनर्जी कम्पनीको १ सय ८० रुपैयाँ, माउन्टेड हाइड्रोको १ सय ९० रुपैयाँ, रिडी हाइड्रो कम्पनीको १ सय ९९ रुपैयाँ, घलेम्दी हाइड्रो लिमिटेड १ सय ९८ र रिडी हाइड्रोको १ सय ९९ रुपैयाँ कारोबार भइरहेको छ।

दुईसय रुपैयाँभन्दा माथि कारोबार भइरहेका ३१ जलविद्युत कम्पनी

३१ जलविद्युत कम्पनीको सेयर दुईसय रुपैयाँदेखि तीनसय रुपैयाँमा कारोबार भइरहेको छ। २०७८ सालबाट उत्पादन सुरु गरेको माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको सेयर मूल्य दुईसय रुपैयाँमा झरेको छ।

यस्तै ग्याग्दी पापर, बलेफी हाइड्रोपावर. जोशी हाइड्रोपावर, मैलुङ हाइड्रोपावर, भूगोल हाइड्रोलगायतका जलविद्युत कम्पनीको सेयर मूल्य दुईसय देखि २ सय ९९ रुपैयाँको बीचमा छ। नेप्सेमा कारोबार भइरहेका ७ जलविद्युत कम्पनीको मात्रै सेयर मूल्य ३ सय रुपैयाँमाथि रहेको छ।

३१ जलविद्युत कम्पनीको सेयरमूल्य तीन सयभन्दा कम 

१. माथिल्लो तामाकोशी : २०० रुपैयाँ

२. न्याग्दी पावर ग्रुप कम्पनी : २०१ रुपैयाँ

३. बलेफी हाइड्रोपावर : २०२ रुपैयाँ

४. जोशी हाइड्रोपावर कम्पनी : २०२ रुपैयाँ

५. मैलुङ हाइड्रोपावरको : २०४ रुपैयाँ

६. न्याग्दी हाइड्रो कम्पनीको : २०६ रुपैयाँ

७. भूगोल इनर्जी डेभलपमेन्ट : २११ रुपैयाँ 

८. रादी विद्युत कम्पनीको : २१२

९. वरुण हाइड्रोपावर : २१४ रुपैयाँ

१०. छ्याङ्दी हाइड्रो : २१४ रुपैयाँ

११. डोटी पावर लिमिटेड : २१५

१२. ग्रीनलाइफ हाइड्रो : २१३ रुपैयाँ

१३. राप्ती हाइड्रो : २१५ रुपैयाँ

१४. मायाखोला हाइड्रोपावर : २१९ रुपैयाँ

१५. पाँचथर पावर लिमिटेड : २१९ रुपैयाँ

१६. सिंगटी हाइड्रोपावर : २२० रुपैयाँ

१७. मनकामना इन्जिनियरिङ : २२१ रुपैयाँ

१८. हिमालयन पावर पाटन्र्स : २२२ रुपैयाँ

१९. हिमालयन उर्जा विकास कम्पनी : २२७ रुपैयाँ

२०. स्वतगंगा हाइड्रो : २२९ रुपैयाँ

२१. पिपुल्स पावर लिमिटेड :२३० रुपैयाँ

२२. मकर जितुमाया हाइड्रोपावर कम्पनी : २३६ रुपैयाँ

२३. सगरमाथा जलविद्युत : २४२ रुपैयाँ

२४. सानिमा मिडिल तमोर : २४५ रुपैयाँ

२५. माइखोला हाइड्रोपावर कम्पनी : २४८ रुपैयाँ

२६. अप्परसोलु हाइड्रोपावर कम्पनी : २४९ रुपैयाँ

२७. सानजेन जलविद्युत : २५१ रुपैयाँ

२८. रसुवागढी हाइड्रो : २५९ रुपैयाँ

२९. मध्यभोटेकोशी जलविद्युत कम्पनी : २६४

३०. बुटवल पावर कम्पनी : २९६

३१. अप्पर हेवाखोला : २९९ रुपैयाँ

यी हुन् सेयर मूल्य तीनसय रुपैयाँमाथि भएका ७ जलविद्युत कम्पनी

१. नेपाल हाइड्रो डेभलपर्स : ३२५ रुपैयाँ

२. सानिमा माइहाइड्रोपावर : ३२७ रुपैयाँ

३. अप्पर स्यागें हाइड्रोपावर : ३४० रुपैयाँ

४. तेह्रथुम पावर : ३४८ रुपैयाँ

५. मैलुङ खोला जलविद्युत : ३४९ रुपैयाँ

६. युनाइटेड इदीमर्दी : ३५६ रुपैयाँ

६. थ्रीस्टार हाइड्रो : ३५८


प्रकाशित : बुधबार, असोज २४ २०८०००:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend