बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

समयमै जहाज मर्मत नहुँदा निगमको उडान अस्तव्यस्त, अध्यक्ष अधिकारी निकटस्थलाई लिएर जीएसए नियुक्तिको सेटिङ गर्न दुबई जाँदै

images
मंगलबार, असोज २३ २०८०
images
images
समयमै जहाज मर्मत नहुँदा निगमको उडान अस्तव्यस्त, अध्यक्ष अधिकारी निकटस्थलाई लिएर जीएसए नियुक्तिको सेटिङ गर्न दुबई जाँदै

दुबईका लागि जीएसएको काम गरिरहेको पुरानै कम्पनीलाई निरन्तरता दिन उनी विदेश भ्रमण जान लागेका हुन्। नेपाल एयरलाइन्सको लागि दुबईको जीएस आन्टा ट्राभल हो। उसैलाई निरन्तरता दिन अधिकारी जान लागेका हुन्।  जीएस नियुक्ति तथा नवीकणको काम नेपालमै बोलाएर गर्नुपर्ने भएपनि अधिकारीले उतै लगेर गर्न लागेका हुन्।  

images
images

काठमाडौं- नेपाल वायु सेवा निगमको नाइन एन एलजेट 'मकालु' नाम दिइएको वाइडबडी जहाज ग्राउन्डेड भएको दुई साता भइसकेको छ। जहाज अझै मर्मत भएको छैन। मर्मत नै नभएको जहाज अक्टोबर ११ को राति नारिता उडानमा राखिएको छ। यात्रुलाई झुक्याउनमात्रै उडान तालिका राखिएको निगमकै कर्मचारीहरू बताउँछन्। जहाज समयमै उड्ने निश्चित छैन।

images
images
images

यसैगरी अर्को वाइडबडी नाइन एन एएलवाई 'अन्नपूर्ण' नाम दिइएको जहाज पनि ग्राउन्डेड छ। जहाज मर्मतका लागि कुनै तयारी भएको छैन। जहाज मर्मतका लागि विदेशबाट प्राविधिक ल्याउनुपर्ने छ। प्राविधिक ल्याउने विषयमा निगम अध्यक्ष युवराज अधिकारीले कुनै काम गरेका छैनन् तर कमिसनको लोभमा दुबईका लागि जीएसएको नवीकरणका लागि अधिकारी बुधबार दुबई उड्न लागेका छन्।

images

साइकल सकिने पूर्वनिर्धारित तालिकामा पनि चेक नगराएर ग्राउन्डेड भएको जहाज उडानको सुरसार नगर्ने अधिकारी जीएसए नवीकरणका लागि भने विदेश भ्रमणमा जान लागेका छन्। जहाजको साइकल यो दिन सकिन्छ भनेर फिक्स हुँदा पनि पहिले प्राविधिक ल्याउने काम नहुँदा जहाज कति दिन ग्राउन्डेड हुने हो निश्चित छैन। जहाज मर्मत नेपालमा हुने भए पनि प्राविधिक विदेशबाट ल्याउनुपर्छ। जहाज मर्मतका लागि प्राविधिक इन्डोनेसियाबाट आउनुपर्ने छ। निगम स्रोतका अनुसार यो जहाज मर्मतका लागि छिटोमा एक साताभन्दा बढी समय लाग्छ।  

images
images

यसैगरी २ वटा न्यरोबडी जहाजमध्ये काठमाडौंबाट दुबई उडानकै क्रममा टिकासमा समस्या आएपछि असोज १७ गतेदेखि ग्राउन्डेड छ। जहाज अहिलेसम्म मर्मत भएको छैन। जहाज मर्मत नै नभए पनि रातिका लागि उडान तालिकामा राखिएको छ। यो जहाज पनि आज उडानमा आउने अवस्था नरहेको निगम स्रोतको दाबी छ। यसैगरी आजै काठमाडौंबाट दिल्लीका दिउँसो १ बेज उडन पर्ने जहाज अहिलेसम्म उड्न सकेको छैन्। जहाज समस्या देखिएपछि दिल्ली उडान हुन सकेको छैन। जहाजमा के समस्या आएको हो कुनै जानकारी निगमले दिएको छैन। 

images
images

यही कारणले अहिले निगमको उडान तालिका अस्तव्यस्त भएको छ। कुनै पनि दिन कुनै पनि उडान समयमा हुन सकेको छैन। ८० प्रतिशतभन्दा बढी उडान रद्द भइरहेको छ। टिकट काटेका हजारौँ यात्रु अलपत्र परेका छन्। हरेक गन्तव्यमा यात्रु अलपत्र परिरहेका बेला अधिकारी भने पछि वा नेपाल नै बोलाएर दुबईको जीएसए नवीकरण गर्न मिल्ने भए पनि सेटिङ तथा कमिसनका लागि भोलि नै दुबई जान लागेका छन्। निगमको बिजोक अवस्थामा विभागीय मन्त्रालय तथा मन्त्री सुदन किराती मौन देखिएका छन्। 

जहाज मर्मतका लागि काम गर्नुपर्ने समयमा निगम अध्यक्ष अधिकारी भने असोज २४ गते अर्थात् अक्टोबर ११ मा ५ दिनका लागि यूएईको दुबई उड्न लागेका छन्। उनी दुबईका लागि जीएसए नियुक्तिको सेटिङ गर्न जान लागेको निगम स्रोतको दाबी छ। अधिकारीले अर्थविभागका सिनियर एकाउन्ट अफिसरलाई अक्टोबर ८ मा नै दुबई पठाइसकेका छन्। अर्थ विभागका प्रमुख उमेश पौडेल भने भोलि अधिकारीसँगै जाँदैछन्।

दुबईका लागि जीएसएको काम गरिरहेको पुरानै कम्पनीलाई निरन्तरता दिन उनी विदेश भ्रमण जान लागेका हुन्। नेपाल एयरलाइन्सको लागि दुबईको जीएसए आन्टा ट्राभल हो। उसैलाई निरन्तरता दिन अधिकारी जान लागेका हुन्। जीएसए नियुक्ति तथा नवीकणको काम नेपालमै बोलाएर गर्नुपर्ने भए पनि अधिकारीले उतै लगेर गर्न लागेका हुन्।  

अधिकारी कुनै पनि खरिदको सम्झौता गर्ने बेला विदेश भ्रमणमा जाने गरेका छन्। विदेशमा नै सेटिङ गर्न र कमिसनमा बार्गेनिङका लागि अधिकारी विदेश जाने गरेका छन्। पछिल्लो पटक अधिकारी एयरबस ३२० को इन्जिन मर्मत तथा इन्जिन भाडाको कम्पनी छनोटको ठेक्का सम्झौता अगाडि एक साता थाइल्याण्ड बसेका थिए। थाइल्याण्डबाट आएको एक साता नबित्दै इजरायलको आईएआईसँग सम्झौता गरेका थिए। 

दुबई जानका लागि अधिकारीले दिनको १ सय ५५ डलरका दरले ७ सय ७५ डलर लिइसकेका छन्। यसैगरी अधिकारीसँगै जान लागेका उमेश पौडेलले पनि पाँच दिनको ५ सय ७५ डलर र अक्टोबर ८ मा दुबई पुगेकी विपुला बरालले ७ दिनको ८ सय ४० डलर लिएका छन्। यता निगमको जहाज मर्मतमा लापरबाही हुँदा निगमले दैनिकरुपमा करोडौँ आम्दानी गुमाइरहेको छ।

images

प्रकाशित : मंगलबार, असोज २३ २०८०१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend