बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

बझाङमा थप ‘सिस्मोमिटर’ जडान

images
मंगलबार, असोज २३ २०८०
images
images
बझाङमा थप ‘सिस्मोमिटर’ जडान

बझाङमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ। भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सिस्मोमिटर जडान थालिएको हो।

images
images

सुर्मा- बझाङमा भूकम्प मापकयन्त्र (सिस्मोमिटर) जडान गर्न सुरुवात गरिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू-गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सिस्मोमिटर जडान थालेका हुन्। 

images
images
images

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सिस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा शिव सुवेदीले जानकारी दिए। उनका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सिस्मोमिटर जडान गरिएको छ भने आज दक्षिणतर्फ जयपृथ्वी गाउँपालिकामा जडान गर्ने तयारी भइरहेको छ।

images

चैनपुरमा आधार मानेर पूर्व-पश्चिम, उत्तर-दक्षिण गरी चारै दिशामा सिस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने सिस्मोमिटर जडान गरिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले बताए।

images
images
images

उनका अनुसार बझाङमा खप्तडछान्नाको बयानामा मात्रै अहिलेसम्म सिस्मोमिटर जडान गरिएको थियो। 'बयानाको सिस्मोमिटरले भूकम्प आएको चार-पाँच किलोमिटरसम्म टाढा केन्द्र भएको हुनसक्ने थाहा हुन्थ्यो। त्यो चार-पाँच किलोमिटर कतापट्टि हो भन्ने पनि ठम्याउन मुस्किल हुन्थ्यो। अब भूकम्प आइरहेको क्षेत्र बाहिर चारैतिर जडान गर्दा छिटो र यथार्थ पत्ता लगाउन सकिन्छ', उनले भने।

उनका अनुसार अहिलेसम्म नेपालभर ४२ स्टेसन (मापनयन्त्र) बनाएर भूकम्पको निगरानी गरिरहेको जानकारी दिए। 'बझाङमा गएको मंगलबार यता करिब साढे चार सय पटक चैनपुर आसपासमै केन्द्र बनाएर भूकम्प गइसकेको छ। यसरी चारै दिशामा मापकयन्त्र राख्दा छिटो र कम त्रुटिमा पत्ता लगाउन जडान गरिएको हो', उनले बताए। रासस


प्रकाशित : मंगलबार, असोज २३ २०८००४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend