सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

नेपालबाट १५ प्रकारका जडिबुटी चीन निर्यात हुने, चीनले जारी गर्‍यो क्वारेन्टाइन मापदण्ड 

images
मंगलबार, असोज २३ २०८०
images
नेपालबाट १५ प्रकारका जडिबुटी चीन निर्यात हुने, चीनले जारी गर्‍यो क्वारेन्टाइन मापदण्ड 

नेपाल र चीबीच भएको प्रोटोकल अनुसार नेपालमा प्लाइन्ट क्वारेन्टाइन हुनुपर्नेछ। 

images
images

काठमाडौं- चीनले नेपालबाट तत्काल १५ प्रकारका जडिबुटी आयात गर्ने भएको छ। यसका लागि चिनियाँ भन्सारले क्वारेन्टाइन मापदण्ड निर्धारण गरेको छ 

images
images
images

वनस्पतिजन्य औषधीय गुण भएका उत्पादन आयातका लागि चीनले प्रकृति निर्धारणदेखि आवश्यकताका विषय घोषणा गरेको छ। 

images
images

नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको विवरणअनुसार नेपालबाट अहिलेका लागि अमलाजस्ता १५ प्रकारका हर्बल उत्पादन आयातका लागि चीनले खुला गरेको छ। 

images
images

नेपालको जंगलमा उत्पादन भएको वा खेती गरिएकामात्र निर्यातका लागि योग्य हुनेछन्। 

नेपालबाट निर्यात गर्नका लागि विभिन्न मापदण्ड पूरा गर्नुपर्नेछ। चीनको जैविक सुरक्षा कानून, पशु तथा वनस्पतिजन्य वस्तुको प्रवेश तथा बहिर्गमनका लागि तय भएको क्वारेन्टाइन कानून, खाद्य सुरक्षा कानूनले तय गरेका व्यवस्था पालना गर्नुपर्नेछ। 

नेपाल र चीनबीच भएको प्रोटोकलअनुसार नेपालमा प्लान्ट क्वारेन्टाइन हुनुपर्नेछ। नेपालबाट निर्यात गर्नका लागि उत्पादन भएको माटोदेखि विषादीरहितको प्रमाण पेस गर्नुपर्नेछ। प्रशासनिक दर्ता जस्ता प्रक्रियाको मापदण्ड पूरा गर्नुपर्ने छ। 

चीन निर्यातका लागि योग्य हुनका लागि नेपालको निर्देशन तथा निरीक्षणमा रोग नियन्त्रण तथा विषादी, रोग अनुगमन तथा संकलनपछिको व्यवस्थापन पनि मापदण्डअनुसार हुनुपर्ने छ। 

उत्पादनदेखि संकलनसम्मका सबै प्रक्रिया पूरा हुनुपर्ने र त्यसको प्रक्रियालाई सर्टिफाइ हुनुपर्ने सर्त तोकिएको छ। 

प्रमाणीकरणकै पूर्वाधार नहुँदा चीन निर्यात हुन सकेन सिट्रस फ्रुट

पाँच वर्षअघि चिनियाँ राष्ट्रपति शी जिनपिङ नेपाल भ्रमणमा आउँदा भएको सम्झौताअनुसार कतिपय कृषि तथा पशुजन्य वस्तुको निर्यात अझै हुन सकेको छैन। २०७६ सालमा शी नेपाल भ्रमणमा आउँदा नेपालबाट 'सिट्रस फ्रुट' अर्थात कागति, सुन्तला तथा जुनारजस्ता उपजको चीनले नेपालबाट आयात गर्ने वाचा गरेको थियो। 

उक्त समयमा भएको सम्झौताअनुसार अझैसम्म पनि चीनमा ती वस्तु निर्यात भने हुन सकेको छैन। सिट्रसमात्र होइन अन्य कृषि तथा वनस्पतिको नेपालबाट चीन निर्यातका लागि सम्झौता भएपनि त्यसको कार्यान्वयन भने जटिल रहेको छ। 

जटिलताको मुख्य कारण भनेको परीक्षण तथा प्रमाणीकरण हो। कुनै पनि देशले आफ्नो देशमा आयात हुने वस्तुका लागि मापदण्ड निर्धारण गर्छन्। वनस्पति तथा खाद्यान्नमा अझ कसिलो मापदण्ड बनाउने गरेका छन्। चीनले पनि यस्तै व्यवस्था गरेको छ। 

चीनले नेपालबाट कृषि तथा वनस्पतिजन्य वस्तुको निर्यात गर्नका लागि तोकेका मापदण्ड पूरा गर्ने न्यूनतम पूर्वाधार नहुँदा जटिल बनिरहेको छ। यही जटिलतालाई सहजीकरण गर्नका लागि भन्दै चीनसँग फेरि सम्झौता भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले जारी गरेको संयुक्त वक्तव्यमा कृषि तथा अन्य वस्तु नेपालबाट निर्यातका लागि आवश्यक सहजीकरण गर्ने भनेर उल्लेख गरिएको छ। नेपालबाट पकाएको राँगाको मासुलगायतका वस्तुको निर्यातमा सहजीकरण गर्ने र यसका लागि प्राविधिक तयारी गर्ने उल्लेख गरिएको छ। नेपालले प्रस्ताव गरेका हरेक कुरामा सहजीकरण गर्न चीन सदैव तयार रहेको विज्ञप्तिमा उल्लेख छ। 

नेपालसँग आधुनिक प्रयोगशाला तथा प्रमाणीकरणका लागि चीनले मान्यता दिएको संस्थागत व्यवस्था छैन। यही समस्यालाई समाधानका लागि भन्दै चीनले नेपालमै आधुनिक ल्याब तथा क्वारेन्टाइनका लागि पूर्वाधार निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ। 


प्रकाशित : मंगलबार, असोज २३ २०८००१:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend