आइतबार, वैशाख २३ गते २०८१    
images
images

विद्युतीय स्कुटर व्यापारमा वैद्य अर्गनाइजेसनको पनि प्रवेश, ल्यायो एथर ब्रान्ड

images
images
images
विद्युतीय स्कुटर व्यापारमा वैद्य अर्गनाइजेसनको पनि प्रवेश, ल्यायो एथर ब्रान्ड

भारतीय बजारमा निकै सफल हुँदै गएको ‘४५० एक्स’लाई सिंगल चार्जमा १ सय ४६ किलोमिटरसम्म गुडाउन सकिने छ।

images
images

काठमाडौं- वैद्य अर्गनाइजेसनको सहायक कम्पनी ‘वैद्य इनर्जी’ले भारतीय विद्युतीय स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गर्ने भएको छ। भारतकै सर्वाधिक सफल र चर्चित विद्युतीय स्कुटर निर्माता एथरका उत्पादन नेपालमा छिट्टै उपलब्ध गराउन लागिएको हो।

images
images
images

वैद्य अर्गनाइजेसनले सधैं गुणस्तरीय उत्पादन ल्याउने र उपभोक्तालाई अलग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। त्यही लक्ष्यअनुसार कम्पनीले नेपालमा विश्वकै सफल कार ब्रान्ड टोयोटाका उत्पादन विगत ५६ वर्षदेखि बिक्री गर्दै आएको छ।

images

एथरले आफ्ना उत्पादन विश्व बजारमा लैजाने रणनीति बनाएअनुसार आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स‘ नेपालमा सार्वजनिक गर्नेछ। कम्पनीले नेपालमा एथर स्पेस निर्माण गर्नेछ। जहाँ नयाँ अनुभव प्रदान गर्न सक्ने किसिमका रिटेल आउटलेट र फास्ट चार्जिङ नेटवर्क पनि निर्माण हुनेछन्। 

images

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ। जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन्। ग्राहकले आफ्नो आवश्यकताअनुसारको भर्सन छनोट गर्न सक्नेछन्।

images
images

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको विद्युतीय स्कुटर हो। यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्लेजस्ता फिचर उपलब्ध छन्। यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ।

भारतीय बजारमा निकै सफल हुँदै गएको ‘४५० एक्स’लाई सिंगल चार्जमा १ सय ४६ किलोमिटरसम्म गुडाउन सकिने छ।

'न्यू इनर्जी भेहिकलको क्षेत्रमा विश्व अटोमोबाइल क्षेत्र अगाडि बढिरहेको समयमा हामीले भारतकै प्रतिष्ठित विद्युतीय ब्रान्ड एथरको आधिकारीक वितरण पाएका छौँ। यसलाई हामीले वस्तुवितरणको अधिकार मात्र नभइ फ्यूचर मोविलीटीको क्षेत्र अग्रणी भूमिका निर्वाह गर्ने मौकाको रुपमा लिएका छौँ,' कम्पनीले भनेको छ।

कम्पनीले सधैँ नविन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नलोजीमा विश्वास गर्ने र त्यसले उपभोक्तालाई अविश्वसनीय अनुभव प्रदान गराउने कम्पनीले जनाएको छ। 

वैद्य इनर्जी र एथर इनर्जीबीच भएको सहकार्यले नेपालमा पनि दिगो यातायातमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको कम्पनीका सीईओ सूर्यान्स वैद्यले बताए। 

आफ्नो भावी योजना र रणनीतिका बारेमा वैद्यले भने, ‘हामी गतिसिलतासँगै मानव जीवन आनन्ददायी र रोमाञ्चक हुने कुरामा विश्वास गर्छौँ। एथर इनर्जीसँगको सहकार्यबाट हामी प्रिमियम मोविलीटी सोलुसन नेपालमा उपलब्ध गराउन सक्षम हुनेछौँ। कटिङ एज टेक्नलोजीमा आधारित विद्युतीय भेहिकलले नयाँ लेवलको अनुभव प्रदान गराउने छौँ।’

‘हामी प्रोडक्ट बिक्रीलाई मात्रै प्राथमिकतामा राख्दैनौँ। हाम्रो विगतले पनि यसलाई पुष्टि गर्छ। त्यसैले नयाँ उत्पादनसँगै सर्भिस र अन्य पूर्वाधार निर्माणमा काम छौँ। साथै ग्राहकलाई दुई पाङ्ग्रे साधनमा अलग अनुभव प्रदान गर्नेछौँ,' सीईओ वैद्यले भने।

नेपालमा यथर इनर्जीको उत्पाधन बिक्री गर्न लागेकोबारे जानकारी दिँदै एथर इनर्जी भारतका प्रबन्धक तरुण मित्तल र स्पनिल जैनले अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्यो त्यो प्रवेश बिन्दु नेपाल भएको बताए। 

एथर इनर्जी एक प्रख्यात हाईपफर्मेन्स विद्युतीय स्कुटर उत्पादन गर्ने कम्पनी हो। यसको स्थापना नै नवीनतम र श्रेष्ठ डिजाइन मार्फत प्रयोगकर्तालाई आकर्षक फाइदा प्रदान गर्ने रहेको छ।

नेपाली बजारमा उच्च गुणस्तरका विद्युतीय साधनको माग दिनदिनै बढ्दै गएको समयमा एथरले ल्याएका प्रोडक्टले ग्राहकलाई ठूलो फाइदा पुग्ने कम्पनीको विश्वास छ। विद्युतीय साधनले इन्धनमा हुने धेरै परिमाणको खर्च कटौती गर्छ। एकदमै कम मेन्टिनेन्स खर्च, इफिसियन्ट र तीव्र गतिमा चलाउन सकिने यसको मुख्य विशेषता हुन्।

images

प्रकाशित : सोमबार, असोज २२ २०८०१०:००

प्रतिक्रिया दिनुहोस