बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

अमेरिकी निर्यात प्रतिबन्धको सूचीमा ४२ कम्पनी थपिए

रसियन रक्षा उद्योगलाई सहयोग गरेको आरोपमा चीनसहित सात देशका कम्पनीमाथि प्रतिबन्ध 

images
आइतबार, असोज २१ २०८०
images
अमेरिकी निर्यात प्रतिबन्धको सूचीमा ४२ कम्पनी थपिए

युक्रेनका सर्वसाधारणलाई लक्षित गर्दै रसियाले हानेका मिसाइल तथा ड्रोनमा उपयोग हुने प्रविधि तथा उपकरणको निर्यात गर्ने यी कम्पनीलाई प्रतिबन्ध लगाइएको विभागले जानकारी दिएको छ। 

images
images

काठमाडौं- रसियन रक्षा तथा सैन्य उद्योगलाई सहयोग गरेको आरोपमा अमेरिकी सरकारले चीनका ४२ कम्पनीलाई निर्यात प्रतिबन्धको सूचीमा थप गरेको छ। 

images
images
images

अमेरिकी वाणिज्य विभागले शुक्रबार सूचना जारी गर्दै निर्यात प्रतिबन्धको सूचीमा थप ४२ चिनियाँ कम्पनी थपिएको जानकारी दिएको छ। 

images
images

अमेरिकामा उत्पत्ति भएका वस्तु तथा सेवाको उपयोग गर्ने ती उद्योगले रसियन रक्षा उद्योगलाई सहायता पुर्‍याएको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको हो। यस्ता कम्पनीलाई कुनै पनि अमेरिकी कम्पनीले बिक्री गर्न पाउने छैनन्। 

images
images

रसियान रक्षा उद्योगलाई सहयोग गरेको आरोपमा अमेरिकाले थप ६ देशका सात कम्पनीमाथि पनि निर्यात प्रतिबन्ध लगाएको छ। फिनल्याण्ड, जर्मनी, भारत, टर्की, युएई र सयुक्त अधिराज्यका कम्पनी यसमा परेका छन्। 

युक्रेनका सर्वसाधारणलाई लक्षित गर्दै रसियाले हानेका मिसाइल तथा ड्रोनमा उपयोग हुने प्रविधि तथा उपकरणको निर्यात गर्ने यी कम्पनीलाई प्रतिबन्ध लगाइएको विभागले जानकारी दिएको छ। 

यदि अझै पनि अमेरिकामा उत्पत्ति भएको प्रविधि उपयोग गरेर रसियालाई आपर्ती गरेको खण्डामा पत्ता लगाउने र तत्काल कारबाही गरिने विभागले उल्लेख गरेको छ। 

अमेरिकाले यसअघि हुवावेसहितका कम्पनीको सेवा लिन र उसलाई सेवा बिक्री गर्न अमेरिकी कम्पनीलाई रोक लगाइसकेको छ। पछिल्लो समय हुवावेलाई सेवा दिने कम्पनी पनि यस्तो प्रतिबन्धित सूचीमा पर्दै आएका छन्। 

 


प्रकाशित : आइतबार, असोज २१ २०८००५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend