शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

१७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने

images
आइतबार, असोज २१ २०८०
images
१७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको परिपक्व भएको ट्रेजरी बिल बोलकबोल प्रकृयामार्फत नवीकरणका लागि बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ। जसअन्तर्गत २८ दिने ८ अर्ब रुपैयाँ, १ सय ८२ दिने ६ अर्ब ४६ करोड रुपैयाँ र ३ सय ६४ दिने ट्रेजरी बिल ३ अर्ब रुपैयाँ बराबरको नवीकरणका लागि राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको हो।

images
images
images

उक्त ट्रेजरी बिलहरुमा आवेदन दिने म्याद असोज २२ गतेसम्मका लागि तोकिएको छ भने असोज २३ गते जारी हुने राष्ट्र बैंकले जनाएको छ।

images
images

राष्ट्र बैंकको पछिल्लो समय गरेको बोलकबोलनुसार ट्रेजरी बिलको ब्याजदर घटिरहेको छ। २८ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर २.९०२९ प्रतिशत, ९१ दिने ट्रेजरी बिलको ब्याजदर ५.०५२६ प्रतिशत र १८२ दिने ट्रेजरी बिलको ब्याजदर ५.३४९८ प्रतिशत कायम भएको छ।

images
images

यतिबेला बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता रहेकाले यस पटक पनि ट्रेजरी बिलको ब्याजदर घट्ने अनुमान गरिएको छ। 

ट्रेजरी बिल आन्तरिक ऋण उठाउने अल्पकालिन प्रकृतिको उपकरण हो। सरकारलाई अल्पकालिन प्रकृतिको आन्तरिक ऋण आवश्यक भएमा राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल निष्कासन गरेर बैंक तथा वित्तीय संस्थाबाट ऋण उठाउने गर्दछ।

राष्ट्र बैंकले सरकारको संघीय सञ्चिति कोषको अवस्थाका आधारमा ट्रेजरी बिलको भुक्तानी वा नवीकरणको निर्णय गर्दछ।


प्रकाशित : आइतबार, असोज २१ २०८००५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend