बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

जनकपुर बिग मार्टमा आगलागी, १० करोडभन्दा बढीको क्षति पुगेको अनुमान

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २१ २०८०
images
जनकपुर बिग मार्टमा आगलागी, १० करोडभन्दा बढीको क्षति पुगेको अनुमान
फाइल तस्बिर

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए। उनले आगलागीबाट १० करोडभन्दा बढीको क्षति पुगेको बताए।

images
images

धनुषा- धनुषास्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ।

images
images
images

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल  प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो।

images
images

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए। उनले आगलागीबाट १० करोडभन्दा बढीको क्षति पुगेको बताए।

images
images

सञ्चालक रायले भने, 'हामीहरू मार्टको दोस्रो तलामा बसिरहेको थियौँ। मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ।' रासस


प्रकाशित : आइतबार, असोज २१ २०८००४:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend