बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

पोखरामा अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन, नेपालसहित ९ देशका विज्ञ सहभागी

images
शनिबार, असोज २० २०८०
images
images
पोखरामा अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन, नेपालसहित ९ देशका विज्ञ सहभागी

काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा दोस्रो अन्तरराष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन आयोजना गरिएको हो।

images
images

कास्की- पर्यटकीय सहर पोखरामा दिगो पर्यटनका विषयमा गहन छलफलका लागि दोस्रो संस्करणको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ।

images
images
images

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा सम्मेलनमा नेपालसहित भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, भियतनाम, स्पेन र पोल्यान्डका प्रतिष्ठित वैज्ञानिक र प्राज्ञिक विज्ञहरु सहभागी भएका पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार सम्मेलनमा एक सय बढीको सहभागी छन्।

images

'शुक्रबार उद्घाटन गरिएको सम्मेलनको औपचारिक कार्यक्रम तथा छलफल आजदेखि सुरु भएको छ', उनले भने, 'सम्मेलन यही असोज २१ गतेसम्म सञ्चालन हुने छ।' उक्त सम्मेलनमा ७० भन्दा बढी प्राविधिक विषयमा छलफल र मुख्य प्रस्तुति रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनका अनुसार काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन आयोजना गरिएको हो।

images
images
images

सम्मेलनको पहिलो दिन भू-संरक्षण, भू-पार्क र भू-पर्यटन, पहाडी संरक्षित क्षेत्रमा दिगो मनोरञ्जन प्रयोगको प्रावधान सुनिश्चितता, पहाडी नदीहरूमा भौगोलिक विविधता र कनेक्टिभिटी लगायतका प्राविधिक विषयहरुमा छलफल भएको थियो। 

दिगो पर्यटन, जवलायु परिवर्तन र यसको असर तथा प्रभाव लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने श्रेष्ठले बताए। विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय, पर्वतीय पर्यटन र समग्र वातावरणमा पारेको असरबार छलफल हुने उनको भनाइ थियो। 

गत वर्ष मङ्सिर १५, १६ र १७ गते काठमाडौंको चन्द्रागिरीमा प्रथम अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलन आयोजना गरिएको थियो।

सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आले मगरले जलवायु परिवर्तन विश्वको साझा मुद्दा भएको उल्लेख गरे। जलवायु परिर्वतनको जोखिम न्यूनीकरणका लागि विश्व समुदायको साझा चासो र चिन्ता आवश्यक भएकामा उनले जोड दिए।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले सम्मेलनले दिगो पर्वतीय पर्यटनका चुनौती र उत्कृष्ट अभ्यासका बारेमा विश्वव्यापी रूपमा छलफल गर्ने तथा विचार आदानप्रदान गर्न उपयुक्त मञ्च प्रदान गर्ने बताए।

गत वर्षको सम्मेलनमा पर्वतीय पर्यटन विकासका लागि हिमालको संरक्षण अपरिहार्य रहेको, संरक्षण गर्न नसके प्राकृतिक र मानव दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउने भन्दै सरोकारवालाहरूलाई गम्भीर बन्न सुझाव दिइएको थियो। पर्यटनका लागि हिमालको दिगो व्यवस्थापनका लागि सरोकारवाला सबैको चासो र एकीकृत प्रयास आवश्यक भएको निष्कर्ष सम्मेलनको थियो। रासस 


प्रकाशित : शनिबार, असोज २० २०८०१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend