शनिबार, साउन १२ गते २०८१    
images
images
images

अनलाइन बेटिङबाट २४ करोड १५ लाख कारोबार गर्ने एकजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १९ २०८०
images
images
अनलाइन बेटिङबाट २४ करोड १५ लाख कारोबार गर्ने एकजना पक्राउ
images

काठमाडौं- अनलाइन बेटिङबाट २४ करोड १५ लाख १७ हजार १ सय ३८ रुपैयाँ कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा दमक नगरपालिका-१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

images

उनका अनुसार इन्टरनेटको दुरुपयोग गरी अनलाइन जुवा, सट्टाबाजीजस्ता अनलाइन खेलहरु खेली/खेलाइ सहभागी भएकाले नेपाल राष्ट्र बैंकको नियमविपरीत गैरकानुनीरूपमा २४ करोड १५ लाख १७ हजार १ सय ३८ रुपैयाँ बराबरको कारोबार गर्ने कार्यमा संलग्न रहेको आधारमा निजलाई झापाबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।

पक्राउ परेका साहलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए। 

images


प्रकाशित : शुक्रबार, असोज १९ २०८०१३:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend