शनिबार, साउन १२ गते २०८१    
images
images
images

सञ्चालनको २५ वर्षपछि यती एयरले भित्र्यायो साझेदार, एसियन लाइफ इन्स्योरेन्ससँगको सम्झौता अन्तिम चरणमा

images
शुक्रबार, असोज १९ २०८०
images
images
सञ्चालनको २५ वर्षपछि यती एयरले भित्र्यायो साझेदार, एसियन लाइफ इन्स्योरेन्ससँगको सम्झौता अन्तिम चरणमा

आन्तरिक हवाई सेवाप्रदायक कम्पनी यती एयरले सन् १९९८ सेप्टेम्बर २१ बाट हवाई उडान सुरु गरेको थियो। यतीले सुरुवाती उडान नाइन एन एईभीबाट गरेको थियो।

images

काठमाडौं- आन्तरिक हवाई सेवाप्रदायक यती एयरले सञ्चालनमा आएको २५ वर्षपछि लगानिकर्ता भित्र्याएको छ। यतीले साझेदारको रुपमा एसियन लाइफ इन्स्योरेन्सलाई भित्र्याउने भएको हो। यती एयर र एसियन लाइफ इन्स्योरेन्सबीच केही दिनमै सम्झौता हुने भएको छ।

images
images

लगानी तथा सेयरको विषयमा सहमति भइसकेको छ तर इन्स्योरेन्सले कति प्रतिशत सेयर लिने र कति लगानी गर्ने भने विषय भने गोप्य राखिएको छ। एसियन लाइफ इन्स्योरेन्सले बीमा प्राधिकरणबाट यती एयरको ४९ प्रतिशत सेयर खरिदका लागि सहमति लिइसकेको छ। 

images

एसियन लाइफ इन्स्योरेन्सले प्रतिकित्ता प्रिमियमसहित १ सय ७० रुपैयाँमा यती एयरमा लगानी गर्ने गरी बीमा प्राधिकरणबाट सहमति लिएको हो। यती एयरको हालको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको र त्यसको ४९ प्रतिशत सेयर खरिदका लागि एसियन लाइफ इन्स्योरेन्सले प्राधिकरणबाट सहमति लिएको हो।  

प्राधिकरणले दिएको सहमतिअनुसार नै एसियन लाइफ इन्स्योरेन्सले ४९ प्रतिशत सेयर खरिद गर्दा १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने छ। प्रतिकित्ता एक सय रुपैयाँको सेयरमा ७० रुपैयाँ प्रिमियमसमेत थप हुँदा १ अर्ब ७५ करोड रुपैयाँ लगानी एसियन लाइफ इन्स्योरेन्सले गर्ने छ।

images

यती एयर व्यवस्थापनले एसियन लाइफ इन्स्योरेन्सले बीमा प्राधिकरणबाट पाएको अनुमतिअनुसार ४९ प्रतिशत सेयर नै खरिद गर्छ कि त्योभन्दा कम गर्छ भन्ने विषयमा भने केही खुलाएको छैन।

एसियन लाइफ इन्स्योरेन्सले अधिकतम ४० प्रतिशतसम्म सेयर खरिद गर्न सक्छ। इन्स्योरेन्सले सेयर खरिदसँगै यतीको पुरानो वित्तीय दायित्वसमेत स्वीकर गर्नेगरी सहमति भएको छ। एसियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ। 

यतीले साझेदारबाट रकम आएपछि तत्काल नै ३ वटा 'एटीआर ७२' जहाज खरिद गर्ने योजनासमेत बनाएको छ। यतीले अहिले ५ वटा एटीआर ७२ जहाजमार्फत हवाई सेवा दिँदै आएको छ। विस्तारै १० वटा जहाज पुर्‍याउने योजना रहेको यती ग्रुपका अध्यक्ष सोना लाक्पा शेर्पाले बताउँदै आएका छन्। उनले नयाँ लगानिकर्ता भित्र्याउँदै आमनागरिकहरूका लागिसमेत सेयर जारी गरेर अगाडि बढ्ने उद्घोष गरेका छन्। यस्तोमा अबको केही दिनमा नै एसियन लाइफ इन्स्योरेन्सले यतीको सेयर खरिदबापतको रकम भुक्तानी गर्ने र दुईपक्षीय सहमति हुने भएको हो।

यती एयर यात्रु संख्याको हिसाबले दोस्रो बजार हिस्सा ओगटन सफल हवाई सेवाप्रदायक कम्पनी हो। आन्तरिक हवाई सेवाप्रदायक कम्पनी यती एयरले सन् १९९८ सेप्टेम्बर २१ बाट हवाई उडान सुरु गरेको थियो। यतीले सुरुवाती उडान नाइन एन एईभीबाट गरेको थियो। अहिले यती एयरले पाँच वटा एटीआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ।

यती एयरको भगनी संस्था तारा एयरले भने दुर्गममा हवाई सेवा प्रदान गरिरहेको छ। यती एयरले भने सुगम क्षेत्रमा सेवा दिँदै आएको छ। यती एयरले अहिले माउन्टेन उडानसहित पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भैरहवा र सिमरामा उडान गरिरहेको छ।


प्रकाशित : शुक्रबार, असोज १९ २०८०१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend