बुधबार, कात्तिक १४ गते २०८१    
images
images

३० गाई र १७ भैँसी, पशुपालनबाट मनग्य कमाइरहेका छन् टंक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १९ २०८०
images
images
३० गाई र १७ भैँसी, पशुपालनबाट मनग्य कमाइरहेका छन् टंक
images
images

नवलपरासी- नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिका-१ का टंकप्रसाद अधिकारीको घरसँगै गोठ छन्। त्यही गोठमा ३० गाई र १७ भैँसी छन्। १३ वर्ष साउदी अरब बसेर फर्किएका अधिकारीको दैनिकी व्यस्त छ। उनी अहिले आफ्नै घरमा पौरख गरिरहेका छन्।

images
images
images

'दुई चार पैसा कमाउन १३ वर्ष विदेश बसियो, आफ्नै गाउँमा केही गर्ने इच्छा बाँकी नै थियो', उनले भने, 'पशुपालन गरेर अहिले आफ्नै माटोमा इच्छा पूरा गरिरहेको छु।'

images

‘श्रुतिका पशु तथा कृषि फार्म’ स्थापना गरेर पशुपालन व्यवसाय सुरु गर्नुभएका अधिकारीले आफ्नो परिवारसँगै केही स्थानीलाई रोजगारीसमेत सिर्जना गर्न सफल हुनुभएको छ। यसले उहाँलाई नेपालमा नै केही सम्भव छ भन्ने आशाको दियो जलाएको छ। 

images

'विदेशबाट नेपाल फर्केपछि केही समय कपडा व्यवसाय पनि गरेँ', उनले भने, 'घरमै भएको दुई वटा भैँसीबाट श्रुतिका पशु तथा कृषि फार्म स्थापना गरेर व्यावसायिक पशु पालन सुरु गरियो।' व्यवसाय सञ्चालन पूर्व उत्पादित दूधको बजार व्यवस्थापनलाई चुनौती मान्नुभएका अधिकारीले फार्ममा उत्पादन हुने सबै दूध अहिले घरबाट नै बिक्री हुने गरेको छ। 'स्थानीय छिमेकीदेखि व्यवसायी दूध खरिदको लागि गोठसम्म नै आउने गर्नुभएको छ, बजारको कुनै समस्या नै छैन', उनले भने।

सुरुआतमा थोरै पशुपालनबाट सुरु गरेको गोठमा अहिले ५० भन्दा बढी गाईभैँसी रहेका छन्। वित्तीय संस्था, साथीभाइको सरसापटबाट विस्तार गर्दै अहिले व्यवसायलाई दिगोरूपमा सञ्चालन गर्न सफल भएको अधिकारीले बताए। 'विदेशको कमाइ, साथीभाइको सहयोग, वित्तीय संस्थाको ऋणबाट व्यवसाय थप गर्दै यहाँसम्म ल्याएको छु', उनले भने, 'मध्यविन्दु नगरपालिका र नेपाल सरकारबाट मेरो कामको मूल्याङ्कन गर्दै सहयोग प्राप्त भएको छ।'

सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट समेत सहयोग प्राप्त भएपछि व्यवसाय विस्तार तथा सुदृढीकरणमा मद्दत पुगेको अधिकारीले बताए।

फार्ममा मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानल, घाँस काट्ने मेसिनलगायतका कृषि औजार अनुदानमा प्राप्त भएपछि व्यवसाय सञ्चालन गर्न सहज भएको छ। 

उनले आफ्नै पौरख, परिवारको साथ र सरकारको सहयोग प्राप्त हुनसक्दा व्यावसायिक सफलता प्राप्ति हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, असोज १९ २०८०११:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend