सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

किसानको गुनासो : वास्तविक किसानलाई कार्यक्रम आएन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १९ २०८०
images
किसानको गुनासो : वास्तविक किसानलाई कार्यक्रम आएन
images
images

सुर्खेत- वास्तविक किसानलाई लक्ष्य गरेर मात्रै सरकारले कृषिसँग सम्बन्धित नीति कार्यक्रम ल्याउनुपर्ने सरोकारवाला व्यक्तिले जोड दिएका छन्। 

images
images
images

राष्ट्रिय किसान आयोगले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको छलफल तथा बहस कार्यक्रममा सहभागी वक्ताहरूले वास्तविक किसानकै लागि लक्ष्य  गरेर कार्यक्रम ल्याउनुपर्ने बताएका हुन्। उनीहरुले अहिले पनि किसानको नाममा विचौलिया हाबी भएकाले किसान भने अन्यायमा परेको बताए। 

images
images

अगुवा कृषक कर्ण बुढाले निर्वाचनभन्दा अगाडि घोषणापत्रमा मात्रै कृषकका लागि आकर्षक नारा ल्याउने तर व्यवहारमा भने किसानको अवस्था कहिले सुधार नहुने अवस्था रहेको बताए। उनले अब राजनीतिक दलका घोषणापत्र आफूहरुका लागि आवश्यक छैन भन्दै कृषि क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी काम गर्न सुझाव दिए। 

images
images

किसानलाई माथि नउठाएसम्म देशको समृद्धि हुँदैन भन्ने कुराको हेक्का राख्न उनले नीति निर्माण तहमा रहेका व्यक्तिलाई सुझाव दिए। किसान महासङ्घका कोषाध्यक्ष मीना आचार्यले वास्तविक किसानले सधैँ उत्पादन गरिरहने तर विचौलियाका कारण कहिले माथि उठ्न नसकेको बताइन्। किसानको उत्पादन सिधै किन्ने व्यवस्था गर्न उनको सुझाव थियो। 

कृषक सुजन रोकायले स्थानीय सरकारले किसानका लागि हरेक बालीका बीउविजन ५० प्रतिशत छुटमा दिने व्यवस्था मिलाउनुपर्ने माग गरे। किसान सङ्घ कर्णाली प्रदेशका अध्यक्ष नरसिंह मल्लले किसानका लागि गरिने हरेक कार्यक्रम गलत ढङ्गले सञ्चालन भइरहेको बताए। उनले किसानका हरेक उत्पादनमा विचौलिया हाबी हुँदा समस्या भएकाले सरकारले आवश्यक नीति बनाउनुपर्नेमा सुझाव दिए। 

कर्णाली प्रदेश सभासदस्यले सरकारले कागजमा मात्रै समस्या समेट्ने गरेको तर कार्यान्वयन गर्न नसकेको गुनासो गरे। सांसद हिक्मत विष्टले प्रदेश सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटमा कर्णाली प्रदेशलाई कृषि र खाद्यमा आत्मनिर्भर भने पनि व्यवहारमा कार्यान्वनय हुन नसकेको बताए। 

उनले प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने भनेर नारा दिइए पनि भारतीय बजारबाट करोडौँको तरकारी र खाद्यान्न आयत भइरहेकाले यसमा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। सांसद टेकराज पछाईले सरकारले किसानका लागि ल्याएका कार्यक्रम दलालको पञ्जामा पर्ने गरेकाले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए। 

स्थानीय तहका जनप्रतिनिधिले आगामी दिनमा कृषिलाई प्राथमिकता दिइने र किसानमैत्री कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए। भेरीगङ्गा नगरपालिका प्रमुख यज्ञबहादुर ढकाल, लेकबेँसी नगरपालिका प्रमुख उमेश पौडेल र दैलेखस्थित गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले किसानमैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका हुन्। रासस


प्रकाशित : शुक्रबार, असोज १९ २०८००८:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend