आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

राष्ट्र बैंकले संशोधन गर्‍यो सेयर कर्जाको सीमा : व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म पाउने

बिहीबार , असोज १८ २०८०
राष्ट्र बैंकले संशोधन गर्‍यो सेयर कर्जाको सीमा : व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म पाउने

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सेयर कर्जाको सिमा बढाउन वा हटाउन चौतर्फि दबाब थियो। अर्थमन्त्री डा.प्रकाश शरण महत, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी ओलीले १२ करोडको सिमा हटाउन दबाब दिँदै आएका थिए।

काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर धितोमा राखेर दिइने मार्जिन कर्जाको अधिकतम सीमा संशोधन गरेको छ। 

एकीकृत निर्देशन २०७९ संशोधन गर्दै सेयर कर्जाको सीमा बढाएको हो। यसअघिको १२ करोडको सीमा हटाउँदै राष्ट्र बैंकले व्यक्तिगततर्फ ३ करोडले बढाएर १५ करोड कायम गरेको छ। यस्तै संस्थागत लगानीकर्ताका लागि राष्ट्र बैंकले २० करोडको सीमा तोकेको छ। 

यसअघि व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले सम्पूर्ण बैंकिङ प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्रै मार्जिन प्रकृतिको कर्जा लिन पाउने व्यवस्था थियो। राष्ट्र बैंकले यसलाई संसोधन गर्दै संस्थागत लगानीकर्ता र व्यक्तिगत लगानीकर्ताको कर्जा लिन पाउने सीमा बढाएको हो। 

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जामा सिमा लगाएको थियो।

राष्ट्र बैंकले एकाघर परिवारले एउटा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समर्ग्र बैंकिङ प्रणालीबाट १२ करोड सेयर कर्जा लिन पाउने व्यवस्था गरेको थियो। गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ४ करोडको सीमा हटाएको थियो। 

सेयर मार्जिनमा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले सतप्रतिशत कर्जा नोक्सानीको व्यवस्था गर्नुपर्ने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सेयर कर्जाको सीमा बढाउन वा हटाउन चौतर्फि दबाब थियो।

अर्थमन्त्री डा. प्रकाश शरण महत, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी ओलीले १२ करोडको सीमा हटाउन दबाब दिँदै आएका थिए।


प्रकाशित : बिहीबार , असोज १८ २०८०१४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend