आइतबार, वैशाख २३ गते २०८१    
images
images

टाटा ईभी इकोसिस्टम : प्रमुख राजमार्गमा प्रत्येक डेढ सय किमिमा फास्ट चार्जर, १५ वटा ईभी डेडिकेटेड वर्कशप

इकोसिस्टम विस्तारमा आक्रामक सिप्रदी

images
images
images
टाटा ईभी इकोसिस्टम : प्रमुख राजमार्गमा प्रत्येक डेढ सय किमिमा फास्ट चार्जर, १५ वटा ईभी डेडिकेटेड वर्कशप

टाटाको बिजुली गाडी चढेर पूर्वदेखि पश्चिमसम्म पुग्दा कुनै समस्या छैन। किनभने प्रमुख राजमार्गमा सहरैपिच्छे हरेक सय-डेढ सय किलोमिटरभित्र टाटाको चार्जिङ स्टेसन भेटिन्छन्।

images
images

काठमाडौं- प्राय सबैजसो नेपालीका लागि गाडी रहरसँगै कामकाज र घुमघामको पारिवारिक साधन हो। जसमा समयविशेष काम र घुमघामका लागि यात्रामा निस्कने सहजताको खोजी हुन्छ। यस्तो सहजता विद्युतीय गाडीमा हुन्छ कि हुँदैन भन्ने जिज्ञासा हुने गरेको देखिन्छ। विशेष गरी चार्जिङ स्टेसनको उपलब्धतालाई लिएर हुने यस्ता जिज्ञासाको उत्तर प्रमुख राजमार्गमा विद्युतीय गाडी लिएर जानेहरूले भेटिसकेका छन्। 

images
images
images

न्यू इनर्जी भेहिकलका रुपमा विकास भएको प्रदूषण नगर्ने विद्युतीय गाडी चढ्नेका लागि अब यो चिन्ताको विषय रहेन। अलि पहिले विद्युतीय गाडी चढ्न खोज्नेलाई लाग्थ्यो- ‘कतै लामो दुरीको यात्रामा निस्कन नपाइने हो कि!, बाटोमा ब्याट्री सकिए कहाँ चार्ज गर्ने?’ केही धुलेबाटोलाई छोड्ने हो भने अब यस्तो चिन्ता नहुने अवस्था आइसकेको छ। 

images

अग्रणी ईभी बिक्रेता टाटा मोटर्सले त देशका प्रमुख राजमार्गमा चार्जिङ स्टेसनको नेटवर्क नै खडा गरिसकेको छ। देशमा विद्युतीय गाडी प्रवर्द्धन गर्न टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ईभीको इकोसिस्टम नै तयार पार्न थालेको छ। टाटाको विद्युतीय गाडी चढेर पूर्वदेखि पश्चिमसम्म पुग्दा कुनै समस्या छैन। किनभने प्रमुख राजमार्गमा सहरैपिच्छे हरेक एक सय/डेढ सय किलोमिटरभित्र टाटाको चार्जिङ स्टेसन भेनिन्छन्। त्यस्तै मुख्य मुख्य सबैजसो सहरमा पनि टाटाका चार्जिङ स्टेसन उपलब्ध छन्।

images

अहिलेसम्म टाटाले काठमाडौं उपत्यकासहित देशका विभिन्न २३ ठाउँमा डीसी फास्ट चार्जिङ स्टेसन स्थापना गरेको छ। यस्तै १ सय २५ भन्दा धेरै ७.२ किलोवाटाका एसी फास्ट चार्जिङ प्वाइन्ट छन्, जुन टाटाको शोरुम, सर्भिस सेन्टर, सपिङ मल, होटेल, रेष्टुरेन्ट, हस्पिटल जताततै भेटिन्छन्।

images
images
tata charging station (2).jpg

टाटाका फास्ट चार्जिङ स्टेसनहरू ललितपुर, बीपी राजमार्गमा मुलकोट (ताज रिभरसाइड रिसोर्ट), पूर्व-पश्चिम राजमार्गको बिर्तामोड (झापा), इटहरी, लहान (होटेल गोधुली), बर्दिबास (ढल्केवर), सिमरा, हेटौंडा, नारायणगढ, चुम्लिङटार, धार्के, पोखरा, भैरहवा, दाङको भालुवाङ (होटेल पौवा), नेपालगञ्ज, धनगढीलगायत ठाउँमा छन्। कतिपय चार्जिङ स्टेसनहरूमा एकैपटक दुईवटा गाडी चार्ज गर्न मिल्ने व्यवस्था गरिएको सिप्रदीले जनाएको छ।

सिप्रदी ट्रेडिङले राजमार्ग र विभिन्न सहरमा फास्ट चार्जिङ स्टेसन थप्दै जाने टाटाको प्यासेन्जर विभाग प्रमुख सावन्तजंग सिजापतीले बताए। फास्ट चार्जरबाट ६० मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ तर ७.२ किलोवाटका एसी चार्जरबाट भने ब्याट्री चार्ज गर्न केही समय लाग्छ। ‘सिप्रदीले ईभीका पूर्वाधार विकासमा ठूलो लगानी गरिरहेको छ’ उनले भने, ‘हामीले जति धेरै पूर्वाधारहरू खडा गर्छौँ, त्यति नै ईभी प्रवर्द्धन हुने हो।’

त्यसो त नेपाल विद्युत प्राधिकरण (एनईए)ले पनि प्रमुख राजमार्ग र सहर चार्जिङ स्टेसन खडा गरिरहेको छ। भदौ २० मा एकसाथ एनईएले देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो, जहाँ टाटाका विद्युतीय गाडी पनि चार्ज गर्न सकिन्छ। यसको मतलब, अब विद्युतीय गाडी चढेर लामो दुरीमा यात्रा गर्न कुनै समस्या नहुने देखिएको छ।

‘विद्युतीय गाडीको प्रयोग बढेसँगै पूर्वाधार विस्तार गर्नैपर्‍यो’ सिजापतीले भने, ‘सिप्रदीले गाडी बिक्री गर्नेमात्र होइन बिक्रीपछिका सेवा सुविधामा पनि उत्तिकै ध्यान दिन्छ। त्यसमा पनि नयाँ प्रविधिमा आएकाले विद्युतीय सवारीलाई अझ बढी चनाखो भएर सेवा उपलब्ध गराउँछ।’

टाटाका विद्युतीय गाडी चढ्ने ग्राहकलाई ‘चार्ज गर्ने ठाउँ नभएकै कारण लामो दुरीमा निस्कन पाएनौँ' भन्ने गुनासो आउन नदिनेगरी सिप्रदीले काम गरिरहेको छ। जति विद्युतीय कार बिक्री बढ्दै गइरहेको छ त्यहीअनुसार चार्जिङ नेटवर्क बढाउँदै जाने र ईभी डेडिकेटेड सर्भिस सेन्टरको संख्या बढाउँदै जाने नीति सिप्रदीले लिएको देखिन्छ।

tata charging station (3).jpg

सिन्धुलीको मुलकोटस्थित चार्जिङ स्टेसनमा दैनिक एक दर्जनभन्दा बढी गाडी चार्ज गर्न आउने गरेको ताज रिभरसाइड रिसोर्टका सुरक्षा गार्डले बताए। ‘यात्रुले गाडी ल्याएर चार्जमा जोड्नुहुन्छ, खाना खाइसक्दा गाडी फुल चार्ज भइसक्छ’ उनले भने, ‘बिदा र चाडपर्वको समयमा अलि बढी नै आउनुहुन्छ।’ काठमाडौंबाट महोत्तरी हुँदै जाने वा महोत्तरी हुँदै काठमाडौं आउनेहरूले गाडी मुलकोटमा चार्ज गरे पुग्छ।

महेन्द्र राजमार्गअन्तर्गत धनुषा जिल्लाको ढल्केवरस्थित टाटाको सर्भिस सेन्टरमा रहेको चार्जिङ स्टेसनमा गाडी चार्ज गर्नेको लाइन नै लाग्छ। स्लो र फास्ट गरी दुईवटा चार्जिङ स्टेसन रहेको ढल्केवर पूर्व-पश्चिम र काठमाडौं यात्रा गर्नेका लागि सबैभन्दा पायक पर्ने ठाउँ हो।

ढल्केवरमा गाडी चार्ज गरेपछि बाराको सिमरामा चार्ज गर्न पुगिन्छ। त्यहाँ गाडी चार्ज नगर्नेहरूले हेटौँडा बजारबाट तीन किलोमिटर पश्चिमतर्फ रहेको टाटाको सर्भिस सेन्टरमा चार्ज गर्न सक्छन्। चौबिसै घण्टा सेवा प्रदान गरिहेको उक्त फास्ट चार्जिङ स्टेसनमा पनि राजमार्ग भएर आवातजावत गर्नेहरूले गाडी चार्ज गर्ने गरेका छन्। ‘राजमार्गमा विद्युतीय सवारी प्रयोगकर्तालाई सहज बनाउने उद्देश्यसहित सिप्रदीले चार्जिङ स्टेसन निर्माण गरिरहेको छ’ उनले भने, ‘नारायणगढको हाकिमचोकमा राखेको चार्जिङ स्टेसनले विद्युतीय गाडीमा पूर्व र पश्चिमतर्फ यात्रा गर्नेहरूलाई धेरै सहज भइरहेको छ।’

चितवन चुम्लिङटारको सिद्धार्थ रिसोर्टमा विद्युतीय गाडीका यात्रुले गाडी चार्जमा लगाएर खाना खान सक्छन्। गाडी चार्ज गर्न गाडीहरू आइरहेको सिद्धार्थका अप्रेसन हेड प्रमोद भट्टराईले बताए। उनले भने, ‘सवारी चार्जिङ स्टेसन सञ्चालन हुँदा विद्युतीय गाडी प्रयोगकर्तालाई गन्तव्यतर्फ पुग्न सहज भएको छ।’ चुम्लिङटारमा गाडी चार्ज गरेपछि एकैपटक सिप्रदीकै धार्के चार्जिङ स्टेसमा गाडी चार्ज गर्न सकिन्छ। धार्केमा गाडीको चार्ज ५० प्रतिशत कटाएपछि काठमाडौं सजिलै पुग्न सकिन्छ। काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने र विभिन्न ठाउँबाट काठमाडौं जानेलाई धार्के चार्जिङ स्टेसनले सहज भएको टाटाको धार्के सर्भिस सेन्टरका एक कर्मचारीले बताए। धार्केमा एउटा डीसी फास्ट चार्जर र ५ वटा एसी फास्ट चार्जर रहेको छ। 

पछिल्लो समय सरकारले विद्युतीय सवारीमा कर छुट दिएर विद्युतीय सवारी प्रयोगमा प्रोत्साहन गरिरहेको छ भने विद्युतीय सवारीमार्फत हरित र दिगो विकासमा योगदान पुग्ने विश्वास लिएको छ। सरकारको उक्त नीतिलाई सहयोग पुग्नेगरी सिप्रदीले राजमार्ग र हरेक सहरी क्षेत्रमा विद्युतीय सवारी साधनका लागि इकोसिस्टम नै तयार गरिरहेको र त्यसलाई बढाउँदै पनि लगेको छ।

चार्जिङ स्टेसनमात्र नभइ सिप्रदीले विद्युतीय सवारीको महत्वपूर्ण पक्ष सर्भिसलाई उच्च प्राथमिकतामा राखेको छ। हाइ भोल्टेज करेन्टमा काम गर्नुपर्ने भएकाले विद्युतीय सवारीका लागि विशेष खालको सर्भिस सेन्टर चाहिन्छ। सिप्रदीले सोहीअनुसारका १५ वटा डेडिकेटेड ईभी सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको र यसलाई बढाउने क्रममा रहेको सिप्रदीका सर्भिस हेड कुमार भण्डारीले जानकारी दिए। ‘विद्युतीय सवारी बिक्री गरिसकेपछि त्यसका लागि आवश्यक पर्ने सर्भिस दिन सिप्रदी सधैँ अग्रसर नै छ,’ उनले भने, ‘टाटाका विद्युतीय सवारी प्रयोगकर्तालाई आवश्यक पर्ने सबै खाले सर्भिस तत्कालै उपलब्ध गराउन सिप्रदी तयारी अवस्थामा हुन्छ।’

ev traning center sipradi.jpg

सिप्रदीले नेपालमै पहिलो ब्याट्री रिपियर इन्ड डाइगनोस्टिक सेन्टर समेत स्थापना गरिसकेको छ। यो सेमन्टमा कुनै ब्याट्रीमा समस्या आएमा त्यसबारे अध्ययन गरेर समस्याको निराकरण गरिन्छ। त्यस्तै सिप्रदीले चार्जिङ स्टेसनमा चार्जको समय बुक गर्न, नजिकको चार्जिङ स्टेसन खोज्न, चार्ज गर्न र रोक्न, त्यहीँबाट चार्जिङको रकम भुक्तानी गर्न मिल्ने इजेड चार्जिङ एपसमेत सञ्चालनमा ल्याएको छ।

त्यस्तै सिप्रदीले विद्युतीय कारका बारेमा तालिम समेत प्रदान गर्दै आएको छ। नैकापमा रहेकाे सिप्रदीको कार्यालयमा विद्युतीय कार सम्बन्धमा तालिम दिनका लागि आवश्यक पूर्वाधार तथा दक्ष जनशक्तिमार्फत तालिम दिँदै आएको छ। 

images

प्रकाशित : शुक्रबार, असोज १९ २०८००६:२१

प्रतिक्रिया दिनुहोस