काठमाडौं- नेपाल बंगलादेश बैंकले सेयरधनीलाई दिने १५.५० प्रतिशत लाभांश पास भइसकेकाे छ। बैंकको २७ औं साधारणसभामा उक्त प्रस्ताव गरेकाे थियो।
मंसिर २ गते बसेको बैंकको साधारणसभाले लाभांश पास गरिसकेको छ। नविलसँग मर्जमा जाने कि नजाने भन्ने छलफल भने चलिरहेको छ। साधारणसभाबाट पारित सो लाभांश अब सेयरधनीको खातमा छिट्टै आउने छ।
बैंकले १२ प्रतिशत सेयर लाभांश र ३.५० प्रतिशत नगद लाभांश पास गरेको हो। साधारणसभाले पासकाे प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएपछि सेयरधनीले उक्त लाभांश पाउने छन्।