बिहीबार , वैशाख २७ गते २०८१    
images
images

जावाको नेपाल यात्रा : दुई मोडल, १० महिनामा ७ सय ३२ बिक्री 

images
images
images
जावाको नेपाल यात्रा : दुई मोडल, १० महिनामा ७ सय ३२ बिक्री 

२०७७ असोजमा नेपाल भित्रिएको जावाका मोटरसाइकल सोही वर्षको असार मसान्तसम्ममा ७ सय ३२ वटा बिक्री भएको तथ्यांक छ। 

images
images

काठमाडौं- नेपाली बजारमा महँगा तथा क्लासिक डिजाइनका मोटरसाइकल तथा स्कुटर रुचाइन थालेको छ। विभिन्न ब्रान्डका प्रिमियम तथा क्लासिक मोडलका मोटरसाइकल तथा स्कुटर उपलब्ध छन्। 

images
images
images

त्यस्तै मध्येको एक ब्रान्ड जावा २०७७ असोजमा भित्रिएको हो। अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले जावाका मोटरसाइकल ल्याएको हो। भारतमा महिन्द्राले नै बिक्री गर्दै आएको जावाका मोटरसाइकल नेपालमा पनि महिन्द्राका प्यासेन्जर सवारी बिक्री गरिरहको अग्नी समूहले ल्याएको हो। 

images

गत वर्षको असोज अन्तिममा मोटोइंकले जावा ४२ मोटरसाइकल सार्वजनिक गरेको थियो। फागुनमा भने कम्पनीले जावाको अर्को मोडल पेरक नेपाल ल्याएको थियो। जावाका मोटरसाइकल प्रिमियम सेगमेन्टका हुन्। 

images

२०७७ असोजमा नेपाल भित्रिएको जावाका मोटरसाइकल सोही वर्षको असार मसान्तसम्ममा ७ सय ३२ वटा बिक्री भएको तथ्यांक छ। 

images
images

सुरुमा अग्नी मोटोइंकले जावा ४२ ल्याएको हो। असोजमा जावा ४२ मोडल ३ सय २४ वटा ल्याइएको थियो। त्यसपछि कम्पनीले माघमा जावा ४२ मोडल नै १ सय ८ वटा भित्र्याएको थियो। 

त्यसपछि फागुनमा भने अग्नी मोटाइंकले १ सय ८० वटा जावा ४२ नेपाल ल्याएको हो। फागुनमै जावाकै अर्को मोडल पेरक समेत आयात गरेको थियो। सो महिना ४८ वटा पेरक आयात भएको थियो। चैतमा ७२ वटा जावा ४२ आयात भएको थियो भने बैशाख, जेठ र असार महिनामा जावाका मोटरसाइकल आयात भएका थिएनन्। यो अवधिमा कम्पनीले ल्याएका मोटरसाइकल बिक्री गरेको थियो।  

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा भने जावाका मोटरसाइकल बिक्री नभएको तथ्यांक छ। त्यसयताका महिनाहरुमा भने राम्रै बिक्री भएको दाबी कम्पनीको छ। 

जावा ४२ विभिन्न ४ मोडलमा उपलब्ध छ। ३०० (२९०) सीसी इन्जिन क्षमताका यी मोटरसाइकलको नेपाली बजार मूल्य ६ लाख २० हजारदेखि ६ लाख ७६ हजार ५ सय रुपैयाँसम्म रहेको छ। यो मूल्य २०७८ साउनमा प्रकाशित मूल्य सूचि अनुसार हो। 

jawa 42.png

यो मोटरसाइकमा भएको २ सय ९० सीसी डीओएचसी इन्जिनले २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क दिन्छ। जावा ४२ मा सिंगल तथा डबल च्यानल एबीएस, सिंगल सिलिन्डर फोर स्ट्रोक लिक्विड कुल्ड इन्जिन, १४ लिटर क्षमताको इन्धन ट्यांकलगायत विशेषता रहेको छन्। 

त्यस्तै जावाको पेरक ३ सय ३४ सीसी इन्जिन क्षमताको यो मोटरसाइकलको बजार मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ। जावा पेरकमा रहेको ३ सय ३४ सीसी इन्जिनले ३०.६४ पीएस पावर र ३२.७४ एनएम टर्क दिन्छ। यो मोटरसाइकलमा १४ लिटर क्षमताको फ्युल ट्यांक, स, सिंगल सिलिन्डर फोर स्ट्रोक लिक्विड कुल्ड इन्जिन, डुअल च्यानल एबीएस, डिजिटल ओडोमिटर, एलईडी टेल लाइटलगायत विशेषता रहेका छन्। 

अग्नी ग्रुपले विगतमा महिन्द्रा ब्रान्डका मोटराइकल तथा स्कुटर बिक्री गर्दै आएको थियो। तर पछिल्लो समय भने महिन्द्रा ब्रान्डका दुईपांग्रे सवारी आयात तथा बिक्री हु्ँदैन। मोटरसाइकल तथा स्कुटरको बजार प्रतिस्पर्धी भएको, महिन्द्राका मोटरसाइकल समयानुकुल परिमार्जित मोडल नआएकाले बिक्री ज्यादै न्यून भएपनि आयात नगरिएको अग्नी ग्रुप निकटस्थहरुको भनाइ छ। 

अग्नी ग्रुप अन्तर्गतकै अग्नी इनकर्पोरेटेडले भारतीय सवारी उत्पादन कम्पनी महिन्द्राका प्यासेन्जर सवारी बिक्री गर्दै आएको छ। कम्पनीे महिन्द्राका स्पर्कियो, बोलेरो, एक्सयूभी३००, एक्सयूभी५०० तथा विद्युतीय कार ईटूओ बिक्री गर्दै आएको छ। त्यस्तै कम्पनीले ईभेरिटो कार समेत ल्याएको थियो। 

images

प्रकाशित : सोमबार, मंसिर ६ २०७८०४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend