बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

बजार अनुमगन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

images
बुधबार, असोज १७ २०८०
images
images
बजार अनुमगन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

बैठकमा नेपालमा उत्पादित सुपारीको निकासीमा देखिएका समस्याबारे सुपारी उत्पादक किसान र व्यवसायी तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको छ।

images
images

काठमाडौं- दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।

images
images
images

समितिको आजको बैठकको निर्णय सुनाउँदै सभापति अब्दुल खानले चाडबाड लक्षित सहुलियत मूल्य पसलको सङ्ख्या बढाउन, कर्णालीलगायत दुर्गम जिल्लामा खाद्य वस्तुको अभाव हुन नदिन र बजार अनुगमनलाई प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए।

images

'चाडबाडलाई लक्षित गरी सरकारले देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल स्थापना गर्ने निर्णय गरेकामा त्यो स्वागतयोग्य छ। यस्ता सहुलियत पसल थप विस्तार गरी सबै नागरिकमाझ उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन समिति मन्त्रालयलाई निर्देशन दिन्छ', उनले भने, 'त्यस्तै, कर्णाली प्रदेशलगायतका विभिन्न दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन र बजारमा अस्वाभाविक मूल्यवृद्धि, मिसावट, कालोबजारी, कृत्रिम अभाव लगायतका समस्या समाधान गर्न अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिइन्छ।'

images
images
images

बैठकमा नेपालमा उत्पादित सुपारीको निकासीमा देखिएका समस्याबारे सुपारी उत्पादक किसान र व्यवसायी तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको छ। सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग थप जानकारी लिएर यस विषयमा समितिले थप अध्ययन गर्ने निर्णयसमेत गरेको छ। रासस


प्रकाशित : बुधबार, असोज १७ २०८०१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend