बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, वर्षा नरोकिँदा सडक खुलाउन समस्या

images
बुधबार, असोज १७ २०८०
images
images
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, वर्षा नरोकिँदा सडक खुलाउन समस्या

अहिले पनि भारी वर्षा भइरहेको छ। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।

images
images

बागलुङ- निरन्तर वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बागलुङको बुर्तिबाङ-पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका-१ पाखुतेमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

images
images
images

मंगलबार साँझदेखि अवरुद्ध भएको उक्त खण्ड अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। भारी वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको उनले बताए। निरन्तर वर्षा भइरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउन सकिने केसीको भनाइ थियो।

images

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमदेखि बागलुङ, पोखरा, काठमाडौंलगायतका स्थानमा जाने यातायातका साधन ठप्प भएको प्रहरी नायब उपरीक्षक केसीले बताए। उनका अनुसार काठमाडौं, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी पनि सडकमै रोकिएका छन्।

images
images
images

प्रहरी नायब उपरीक्षक केसीले भने, 'अहिले पनि भारी वर्षा भइरहेको छ। हिजोदेखि ठप्प भएको सडक अहिलेसम्म खुलाउन सकिएको छैन। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। वर्षा रोकिनेबित्तिकै सडक खुलाउने प्रयास गर्नेछौँ। ठूलो पहिरो खसेकाले तत्कालै खुलाउन सकिने अवस्था छैन।'

पहिरोले कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको केसीको भनाइ छ। करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा लेदोसहितको पहिरोले सडक पूर्ण रुपमा ठप्प भएको छ। करिडोर अवरुद्ध हुँदा बागलुङको दक्षिणी क्षेत्र यातायातबाट विच्छेद भएको छ। रासस


प्रकाशित : बुधबार, असोज १७ २०८००९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend