शनिबार, साउन १२ गते २०८१    
images
images
images

कञ्चनपुरका धानबालीमा फड्के किराको प्रकोप, पाक्नै नपाइ मर्न थाले बोट

images
बुधबार, असोज १७ २०८०
images
images
कञ्चनपुरका धानबालीमा फड्के किराको प्रकोप, पाक्नै नपाइ मर्न थाले बोट

शुक्लाफाँटा नगरपालिकाका किसानले किराको प्रकोप हुन लागेका बेला सावधानी अपनाउन नसक्दा बढी क्षति ब्यहोर्नुपरेको छ।

images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाका किसानको धान रोपेको खेतमा खैरो फड्के किराले व्यापक नोक्सानी पुर्‍याएको छ। सो नगरपालिका-१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप देखापरेको छ।

images
images

फड्के किराले पात र डाँठको रस चुसेर खाँदा धानका बोट पाक्न नपाइ मर्न थालेका छन्। धान पाक्नै नपाइ मर्न थालेपछि उत्पादन घट्ने चिन्ता किसानलाई छ। वडा नं १ बन्साहाका किसान नरबहादुर कुवँरले पाँच कट्ठा जग्गामा लगाइको धान बाली फड्के किराका कारण सखाप भएको बताए।

images

'धान पाक्नै लाग्दा किराको प्रकोप देखा पर्यो', उनले भने, 'हेर्दा हेर्दै दुई/तीन दिनमै पूरै धानका बोट मरेका छन्।' अरू खेतमा किरा सर्नबाट रोक्नका लागि विषादी छर्ने कार्य गरिरहेको उनले बताए। फड्के किराको प्रकोप देखा परेका क्षेत्रमा धानको उत्पादन २० देखि ३० प्रतिशतसम्म घट्न सक्ने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए।

'केही ठाउँमा किराको प्रकोपले पूरै धानबाली पाक्न नपाउँदै सुकेको छ', उनले भने, 'कुनै ठाउमा भर्खर किराको प्रकोप देखिएको छ, किसानलाई कृषि शाखाबाट निःशुल्क रुपमा फड्के किरा मार्नका लागि एजाडिराक्टिन र एसिफेट नामक विषादी वितरणको कार्य गरिरहेका छौँ।'

images

किराको सङ्ख्या हेरि एक हप्ताको फरकमा विषादी छर्कनका लागि किसानलाई सल्लाह दिन थालेको जनाउँदै उनले किसानलाई धानका बिरुवाको फेदमा पर्ने गरी विषादी छर्कन लगाउन लागेको बताए। फडके किराको प्रकोप तीन वडामा बढी देखिए पनि फाटफुट रुपमा नगरपालिकाका १२ वटै वडामा देखिएको उनले जानकारी दिए।

किसानले किराको प्रकोप हुन लागेका बेला सावधानी अपनाउन नसक्दा बढी क्षति ब्यहोर्नुपरेको उनले बताए। नगरपालिकाको खेतीयोग्य जग्गाको ९० प्रतिशत क्षेत्रमा धान खेती हुने गरको छ। 


प्रकाशित : बुधबार, असोज १७ २०८००७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend