सिन्धुपाल्चोक- लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ। बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका-११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो।
पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका-७ र ८, हेलम्बु गाउँपालिका-२ र ३ तथा पाँचपोखरी-१ र २ वडाका बासिन्दा प्रभावित भएका छन्। वर्षा रोकिएपछि तत्काल मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताए।
त्यस्तै बाढीले हेलम्बुमा चनौटे-इचोक सडक बगाउँदा यातायात अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। रासस