शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

हेटौँडा-काठमाडौं जोड्ने दुई सडकखण्ड अवरुद्ध

images
बुधबार, असोज १७ २०८०
images
हेटौँडा-काठमाडौं जोड्ने दुई सडकखण्ड अवरुद्ध

ती दुवै सडकखण्डमा गएको पहिरो आज अपराह्नमा हटाइ यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

images
images

मकवानपुर- गए राति परेको वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने दुई वटा सडकखण्ड आज बिहानैबाट यातायात अवरुद्ध भएका छन्। 

images
images
images

पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडास्थित पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्।

images
images

यसैगरी पहिरोका कारण कुलेखानी-सिस्नेरी सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ। ती दुवै सडकखण्डमा गएको पहिरो आज अपराह्नमा हटाइ यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिइन्। उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी नायब उपरीक्षक भण्डारीले आग्रह गरेकी छिन्। रासस

images
images


प्रकाशित : बुधबार, असोज १७ २०८००५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend