शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

दोलखा सुन प्रकरण : चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ

images
मंगलबार, असोज १६ २०८०
images
दोलखा सुन प्रकरण : चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ

पक्राउ परेका तीनै जनालाई आजै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाउने सीआईबीको तयारी छ।

images
images

काठमाडौं- दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

images
images
images

फक्राउ पर्नेमा हाल टोखा-७ बस्ने गुल्मीका अन्दाजी ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक घर भइ हाल टोखा-६ सरस्वतीखेल बस्ने (गोंगबुस्थित नमोबुद्ध गेष्ट हाउस सञ्चालक) ४३ वर्षीय लालबहादुर तामाङ र ४३ वर्षीय चिनियाँ नागरिक गेङ्रु रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

images
images

उनका अनुसार प्रधान र तामाङलाई काठमाडौं टोखाबाट तथा गेङ्रुलाई गए राति स्वयम्भूबाट पक्राउ गरिएको हो।

images
images

पक्राउ परेका तीनै जनालाई आजै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने तयारी भएको सीआईबीले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, असोज १६ २०८०१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend