बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

एमसीसी सीईओसँगको भेटमा अर्थमन्त्री महतले भने - परियोजना असफल हुने छुट छैन 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १६ २०८०
images
images
एमसीसी सीईओसँगको भेटमा अर्थमन्त्री महतले भने - परियोजना असफल हुने छुट छैन 

कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडी बढ्न एमसीए नेपाललाई सोही अवसरमा मन्त्री महतले निर्देशन दिएका थिए। 

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीको प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल भेटघाट भएको छ। 

images
images
images

भेटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोप अनुरुप कार्यान्वयन हुनुपर्ने धारणा राखेका थिए। 

images

यदि यसरी कार्यान्वयन भएको खण्डमा मात्र कतिपयले गरेको शंका निरुपण हुने उनको भनाइ थियो। नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुन सक्ने उनले बताएका थिए। 

images
images
images

कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडी बढ्न एमसीए नेपाललाई सोही अवसरमा मन्त्री महतले निर्देशन दिएका थिए। 

पछिल्लो समय एमसीसी परियोजना कार्यान्वयन तथा समयसीमामै सम्पन्न संसय बढ्दै गएको छ। प्रसारणलाइन निर्माणका लागि आव्हान भएको टेन्डरमा अनुमानित बजेटभन्दा न्यूनतम कबोल नै ६६ प्रतिशत बढीको आएको छ। यस्तो अवस्थामा कार्यान्वयनमा समस्या उत्पन्न भएको छ। 

प्रमुख कार्याकारी अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको र यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको बताएकी थिइन्। 


प्रकाशित : मंगलबार, असोज १६ २०८०१२:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend