बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

मालिकामा पुग्यो सिँचाइ सुविधा

images
मंगलबार, असोज १६ २०८०
images
images
मालिकामा पुग्यो सिँचाइ सुविधा

स्थानीय अर्जै खोलाबाट पानीको स्रोत व्यवस्थापन गरी निर्माण गरिएको उक्त सिँचाइ नहरको कुल लम्बाई तीन हजार छ सय ५० मिटर छ। ६५ घरधुरी यसबाट प्रत्यक्ष लाभान्वित बनेका छन्। बाँझा खेत हराभरा देखिन थालेका छन्।

images
images

गुल्मी- मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन्। उनीहरुको खुसीको कारण हो दुई करोड रूपैयाँभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना।

images
images
images

सिँचाइको अभावमा वर्षौँदेखि आकासे पानीको भर पर्दै आएका यहाँका किसानमा यतिबेला खेत-खेतमा सिँचाइ सुविधा पुगेपछि थप जाँगर पलाएको छ। पक्की नहरको माध्यमबाट किसानका खेतखेतमा सिँचाइ पुगेपछि वर्षौँदेखि बाँझिएका खाली जमिन हराभरा बनेका छन्।

images

सिँचाइका कारण किसानले समयअनुसारका अन्नबाली उत्पादन गर्न थालेका छन्। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको सहयोगमा मालिका गाउँपालिका-६ अन्तर्गत भैसेरुम्टामा सिँंचाइ योजना निर्माण भएपछि यतिबेला त्यहाँका किसानको दैनिकीसमेत फेरिएको हो।

images
images
images

स्थानीयको लामो समयको प्रयासपछि गत तीन वर्षअघि सुरु भएको योजनाले यो वर्ष पूर्णता पाएको हो। सिँचाइ योजना निर्माणको जिम्मा पाएको अञ्जना श्रेष्ठ जेभी र जल उपभोक्ता समितिको सहयोगमा निर्धारित समयमै निर्माण सम्पन्न गरेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले जानकारी दिए।

स्थानीय अर्जै खोलाबाट पानीको स्रोत व्यवस्थापन गरी निर्माण गरिएको उक्त सिँचाइ नहरको कुल लम्बाई तीन हजार छ सय ५० मिटर छ। गाउँको फाँटमा सिँचाइ पुगेपछि त्यस क्षेत्रको ६० हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको र ६५ घरधुरी प्रत्यक्ष लाभान्वित बनेको कार्यालय प्रमुख सापकोटाले बताए।

पानीको अभावमा खेत बाँझै राखेर बस्न विवश त्यस क्षेत्रका किसानलाई सिँचाइ योजनाले ठूलो राहत पुगेको स्थानीय भैसेरुम्टा सिँंचाइ योजनाका अध्यक्ष देवीराम गौतमले बताए। 'सिँचाइको अभावमा खेत बाँझै राखेर बजारवाट चामल किनेर खानुपर्ने बाध्यता थियो, तर अहिले तिनै बाँझा खेतमा सिँचाइ पुगेपछि लहलह धान झुल्न थालेका छन, अब त बजारबाट चामल बेसाउनु पनि पर्दैन', स्थानीय देवीराम गौतमले भने।

योजनाको दिगो व्यवस्थापन गर्न ठूलो चुनौती रहेको भन्दै सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले स्थानीय समुदाय र उपभोक्ताले नै त्यसको संरक्षण र सम्बर्द्धनमा ध्यान दिनसकेमा योजना दिगोरुपमा सञ्चालन गर्न सकिने बताए। रासस


प्रकाशित : मंगलबार, असोज १६ २०८०११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend