शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

चितवनका धानबालीमा विभिन्न रोगको संक्रमण, फड्केले सुकाउँदै बोट

images
मंगलबार, असोज १६ २०८०
images
चितवनका धानबालीमा विभिन्न रोगको संक्रमण, फड्केले सुकाउँदै बोट

चितवनमा यस वर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ।

images
images

चितवन- यहाँ लगाइएको धानमा विभिन्न रोगको सङ्क्रमण देखिएका छन्। कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गबारोको समस्या देखिएको हो।

images
images
images

यस्तै पूर्वी चितवनमा फड्के किरा, मिलिबग, सित ब्लाइट, नेक ब्लाष्टजस्ता रोग देखिएको उनले जानकारी दिइन्। उनका अनुसार कार्यालयमा दैनिक तीनदेखि चारजना धानमा लागेको समस्या लिएर आउने गरेका छन्। उनले भनिन्, 'धानमा लागेको समस्या लिएर आउने किसानको सङ्ख्या बढ्दो छ। पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ।'

images
images

कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेषगरी फड्के किराको समस्या देखिएको उनको भनाइ छ।

images
images

यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ। जसका कारण पात जल्ने र गाँज परालजस्तो देखिने त्रिपाठीले बताइन्। रोग नियन्त्रणका लागि कृषि विज्ञसँगको परामर्शमा विषादीको प्रयोग गर्न उनले सुझाव दिइन्।

जिल्लामा यस वर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। रासस


प्रकाशित : मंगलबार, असोज १६ २०८००९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend