आइतबार, वैशाख २३ गते २०८१    
images
images

विद्युतीय कारमा टेस्लाको प्रतिस्पर्धी मानिएको ‘भिनफास्ट’ उत्पादन प्लान्टसहित भारत आउँदै

images
images
images
विद्युतीय कारमा टेस्लाको प्रतिस्पर्धी मानिएको ‘भिनफास्ट’ उत्पादन प्लान्टसहित भारत आउँदै

भिनफास्टको भारत कार्यालय गुणगाउँमा हुनेछ। त्यसका लागि कम्पनीले केही कर्मचारी छनोटसमेत सुरु गरिसकेको छ।

images
images

काठमाडौं- भियतनामी विद्युतीय कार उत्पादक कम्पनी भिनफास्टले छोटो समयमै उल्लेख्य चर्चा बटुलेको छ। विद्युतीय सवारी स्टार्टअप कम्पनीले भिनफास्टले विभिन्न मोडलका सवारी उत्पादन गरी अमेरिकी तथा युरोपेली बजारमा जाँदैछ। भिनफास्टलाई विद्युतीय कार उत्पादनमा टेस्लाको प्रतिस्पर्धी ब्रान्डका रुपमा समेत हेरिएको छ। 

images
images
images

उज्जल भविष्य रहेको भारतीय विद्युतीय कार बजारमा भिनफास्ट आउन चाहेको छ। भिनफास्ट सुरुवाती चरणमा अहिले रहेको विद्युतीय सवारी मोडल मध्येबाट दुई वा तीन वटा ई एसयूभी लिएर भारत आउन इच्छुक रहेको छ। 

images

सुरुमा दुई क्रसओभर विद्युतीय एसयूभी ल्याउने र त्यसपछि विद्युतीय सेडान र अन्य विद्युतीय कार ल्याउने तयारी भिनफास्टले गरेको छ। भिनफास्टको पहिलो मोडल भीएफ ई३४ क्रसओभर एसयूभी हो। यही विद्युतीय एसयूभी भारतमा सार्वजनिक गर्ने कम्पनीको योजना छ। 

images

समयक्रमसँगै भिनफास्टले भारतमा एसेम्बल प्लान्टसमेत स्थापना गर्ने बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। भिनफास्टले भीएफ ई३६, भीएफ सिक्स र भीएफ सेभेन भारतमै एसेम्बल गर्न चाहेको छ। हाल भिनफास्टले भारतीय बजारका लागि हुने गरी राइट ह्यान्ड ड्राइभ कार उत्पादनका लागि काम गरिरहेको भारतका लागि काम गरिरहेका भिनफास्टका अधिकारीले बताएका हुन्। 

images
images

ईभी स्टार्टअपका रुपमा टेस्लाकै प्रतिस्पर्धी भनेर चर्चा हुने गरेको भिनफास्ट २०२१ मा विश्व बजारमा प्रवेश गरेको थियो। कम्पनीले भारत सबैभन्दा ठूलो राइट ह्यान्ड ड्राइभ कारको बजार भएको पहिचान गरी भारत आउने तय गरेको हो। भारत अटोमोबाइलका लागि बढ्दो बजार भएको र विद्युतीय सवारीलाई भारत सरकारले प्राथमिकता दिएकाले पनि भिनफास्ट आकर्षित भएको हो। 

भिनफास्टको भारत कार्यालय गुणगाउँमा हुनेछ। त्यसका लागि कम्पनीले केही कर्मचारी छनोटसमेत सुरु गरिसकेको छ। सेप्टेम्बरमा भिनफास्टले लिंक्डइनमार्फत भारतका लागि डिलर म्यानेजर, सेल्स ट्रेनिङ म्यानेजर्स र सर्भिस क्वालिटी कन्ट्रोलर माग गरेको थियो। 

भिनफास्टका उच्च पदस्थ अधिकारीले हालै विश्वको तेस्रो ठूलो सवारी बजार भारतका २० देखि २५ कार डिलरहरुलाई भेटेर छलफल गरेका थिए। भियतनामको भिन समूहअन्तर्गतको विद्युतीय कार उत्पादक भिनफास्टले आफ्नै डिलरसिप नेटवर्कमार्फत कार बिक्री गर्ने नीति लिएको छ। भियतनाम, उत्तर अमेरिका, युरोपमा यही मोडलमा भिनफास्ट अघि बढेको छ। 

भारतमा चीनबाहेक देशका सवारी उत्पादक कम्पनीलाई सहज हुने देखिएको छ। चिनियाँ सवारी उत्पादक कम्पनीहरुप्रति भने भारत सरकार कठोर देखिँदै आएको छ। त्यसैले पनि विद्युतीय सवारी उत्पादनमा आक्रामक बजार विस्तारमा रहेका टेस्ला, भिनफास्टजस्ता कम्पनीका लागि भारत उर्वर हुन सक्ने विज्ञहरुले बताएका छन्। 

घाटामा रहेको विद्युतीय कार निर्माता स्टार्टअप कम्पनी भिटफास्टलाई टेस्ला इंक, फिस्टक इंकलगायतको प्रतिस्पर्धी मानिन्छ। भिनफास्टले भारतको तामिलनाडू वा गुजरातलाई सम्भावित उत्पादन प्लान्ट राख्ने राज्यका रुपमा हेरिरहेको छ। महाराष्ट्र राज्य सरकारपनि भिनफास्टको लगानी भित्र्याउन लागि परेको समाचार अघिल्लो साता सार्वजनिक भएको थियो। 

भिनफास्ट कम्पनी भने २०१७ मा स्थापना भएको थियो। त्यसयता कम्पनीले ठूल्ठूला योजनाहरु सार्वजनिक गरिरहेको छ। भिनफास्टले भारतसहित मलेसिया, मध्यपूर्व, अफ्रिका तथा ल्याटिन अमेरिकामा उत्पादन प्लान्टसहित प्रवेश गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। भिनफास्टले ४० देखि ५० सम्भावित बजारको पहिचान गरी प्लान्ट स्थापनाको योजना बनाएको गत महिना रोयटर्सले लेखेको थियो।

आर्थिक वर्ष २०२३ मा ४० देखि ४० हजार विद्युतीय कार बिक्री गर्ने लक्ष्य भिनफास्टको छ। आगामी वर्ष कार बिक्री ४ गुणाभन्दा बढी बढाउने तयारी समेत कम्पनीले गरिरहेको छ। 

भिनफास्टले भारतमै प्लान्ट स्थापना गरेर कार उत्पादन गर्न सुरु गरेमा सो ब्रान्डका विद्युतीय कार नेपाली बजारमा समेत आउने छ। भिनफास्टले भारतसहित दक्षिण एसियाली बजारलाई लक्षित गरेर भारत आउन चाहेको छ। कार उत्पादन प्लान्ट स्थापनाका लागि भारत सरकारको अनुमति, लगानी, स्थान लगायतबारे भने टुंगो लाग्न बाँकी रहेको छ। 

images

प्रकाशित : बुधबार, असोज १७ २०८००५:२४

प्रतिक्रिया दिनुहोस