शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

यी उद्योगमा अब ५० करोड रूपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्गबाट

images
मंगलबार, असोज १६ २०८०
images
यी उद्योगमा अब ५० करोड रूपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्गबाट

चिनी उद्योगको सहउत्पादनको रुपमा उत्पादन हुने ऊर्जा र ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने उद्योगमा पनि ५० करोड रूपैयाँसम्मको लगानी स्वचालित मार्गबाट स्वीकृति दिने भएको छ।

images
images

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५० करोड रूपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत गर्ने गरी सूचना प्रकाशन गरेको छ।

images
images
images

मन्त्रालयले मन्त्रिपरिषद्‌बाट स्वीकृत गर्दै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ को उपदफा १ को अधिकार प्रयोग गरी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा र उद्योग व्यवसायका क्षेत्रबारे राजपत्रमा सूचना प्रकाशन गरेको छ।

images
images

ऊर्जामूलक उद्योगअन्तर्गत वायु, सौर्य शक्ति, बायोमास वा अन्य स्रोतहरुबाट ऊर्जा उत्पादन गर्ने उद्योग, यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन तथा उपकरण निर्माण र बायोग्यासमा आधारित ऊर्जालाई राखिएको छ।

images
images

यसैगरी चिनी उद्योगको सहउत्पादनको रुपमा उत्पादन हुने ऊर्जा र ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने उद्योगमा पनि ५० करोड रूपैयाँसम्मको लगानी स्वचालित मार्गबाट स्वीकृति दिने भएको छ।

यस्ता छन् स्वचालित मार्गबाट ५० करोड रूपैयाँसम्मको लगानी स्वीकृत हुने उद्योग

industry aa.png

industry a.png


प्रकाशित : मंगलबार, असोज १६ २०८००६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend