बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

पीपीएका लागि प्रबर्द्धकलाई बोलायो विद्युत प्राधिकरणले 

images
मंगलबार, असोज १६ २०८०
images
images
पीपीएका लागि प्रबर्द्धकलाई बोलायो विद्युत प्राधिकरणले 

हस्ताक्षरको अख्तियारी, परफरमेन्स बैंक जमानत र शुल्क बुझाउन  पत्राचार गरिएका प्रवर्द्धक कम्पनीहरूलाई प्राधिकरणले आव्हान गरेको हो।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले प्रारम्भिक सहमति भएका विद्युत उत्पादकहरूलाई विद्युत खरिद सम्झौतामा हस्ताक्षरका लागि बोलाएको छ। 

images
images
images

यसअघि नै सम्झौतामा सहमति भइसकेहरूलाई आवश्यक दस्तावेजसहित ३५ दिनभित्र सम्पर्कमा आउन सार्वजनिक आव्हान गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत खरिदको अधिकमत सीमाभित्र रहेर सम्झौता गर्ने जनाएको छ। 

images

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णयानुसार नदी प्रवाहमा अधिकतम ६ हजार ७५० मेगावाट  र अर्ध जलाशययुक्तका लागि ४ हजार ५ सय मेगावाटको सीमा निर्धारण गरिएको छ।  

images
images
images

सीमासम्म नपुगेससम्म प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोल क्रम अनुसार पीपीए अघि बढाउने प्राधिकरणले जानकारी दिएको छ। प्रक्रियामा रहेका प्रवर्द्धक कम्पनीहरू र विद्युत नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त हस्ताक्षरका लागि आवश्यक प्रमाणसहित ३५ दिनभित्र उपस्थित हुन प्राधिकरणले आव्हान गरेको छ।

हस्ताक्षरको अख्तियारी, परफरमेन्स बैंक जमानत र शुल्क बुझाउन  पत्राचार गरिएका प्रवर्द्धक कम्पनीहरूलाई प्राधिकरणले आव्हान गरेको हो।

तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएमा वा प्राप्त निवेदनहरूमा आवश्यक कागजातहरू/ दस्तावेज संलग्न नभएमा त्यस्ता आयोजना रोलक्रमबाट हट्ने प्राधिकरणले जानकारी दिएको छ।

 

 

 

 


प्रकाशित : मंगलबार, असोज १६ २०८००४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend