काठमाडौं- सार्वजनिक खरिदको सम्झौता परिपालना नगरेको भन्दै करिब दुई दर्जन निकायको सिफारिसमा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ।
सार्वजनिक खरिद अनुमगन कार्यालयले सम्बन्धित निकायको सिफारिसमा कालोसूचीमा राखेको छ।
सडक विभागदेखि स्थानीय तहसम्मकका निर्माण तथा आपूर्तिको जिम्मा लिएर समयममै काम नगरेको तथा सम्झौता परिपालना नगरेको भन्दै यस्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ।
भारतीय कम्पनी पनि कालोसूचीमा परेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयको सिफारिसतमा कार्यालयले कालोससूचीमा राखेको हो।
खानेपानी आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सीआईपीईएल लाई कालोसूचीमा राखिएको छ। यो कम्पनीको मुख्य व्यक्ति शारदा अधिकारी र परवेज खान रहेका छन्।