शुक्रबार, असोज ४ गते २०८१    
images
images

घरजग्गाको मूल्यमा फरक- मालपोतमा एउटा मूल्य बैंकमा अर्कै 

images
शुक्रबार, मंसिर ३ २०७८
images
images
घरजग्गाको मूल्यमा फरक- मालपोतमा एउटा मूल्य बैंकमा अर्कै 

मूल्यांकनमै फरक पर्ने भएकाले घरजग्गाको मूल्यवृद्धिमा पनि फरक आँकडा देखिएको सर्वेक्षणमा उल्लेख गरिकएको छ। 

images
images

काठमाडौं- घरजग्गा कारोबारमा पुँजीगत लाभकर छल्ने हेतुले सरकारी तथ्यांकमा न्यून मूल्य देखाउने चलन कायमै रहेको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकले पहिलोपटक सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार यस्तो प्रवृत्ति अझै कायमै रहेको छ। सरकारले वास्तविक कारोबार मूल्य अनुसार नै कर संकलन होस भनेर केही समय पहिले जग्गाको कारोबारमा बैंकिङ प्रणाली प्रयोग गर्नुपर्ने नीति ल्याएको थियो। 

सरकारी नीति र प्रोत्साहनका बाबजुद पनि घरजग्गाको मूल्यांकन बैंकमा एउटा मालपोतमा अर्कै देखिने गरेको केन्द्रीय बैंकको सर्वेक्षणले देखाएको छ। 

मूल्यांकनमै फरक पर्ने भएकाले घरजग्गाको मूल्यवृद्धिमा पनि फरक आँकडा देखिएको सर्वेक्षणमा उल्लेख गरिकएको छ। 

images

सर्वेक्षणअनुसार गएको वर्ष घरजग्गाको मूल्यवृद्धिमा केही कमी आएको छ। मालपोत तथा बैंकिङ मूल्यांकन दुबै तथ्यांक स्रोतमा मूल्यवृद्धिकव रफ्तारमा केही कमी आएको पाइएको छ। 

सर्वेक्षणअनुसार २०७५ सालको तुलनामा २०७६ मा  २६ प्रतिशतले मूल्यवृद्धि भएको थियो बैंकिङ मूल्यांकनअनुसार। सोही वर्ष मालपोतको मूल्यांकनमा भने १९ प्रतिशतले बढेको थियो। तर २०७७ सालमा भने घरजग्गाको कारोबारमै कमी आएकाले मूल्यवृद्धि पनि शिथिल भएको थियो। २०७७ को नौ महिनामा बैंकिङ मूल्यांकन अनुसार १६ प्रतिशतले मूल्य सूचक बढेको छ भने मालपोत मूल्यांकनमा १२ प्रतिशतले बढेको छ। 

 

 


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend