बिहीबार , चैत १५ गते २०८०    
images
images

सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ- वरिष्ठ उपाध्यक्ष ढकाल 

images
बिजनेस न्युज
images
सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ- वरिष्ठ उपाध्यक्ष ढकाल 

विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड १९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै उनले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइजेशनमा लिनुपर्ने बताए।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन्। 

images
images
images

कम्प्युटर एशोसिएशन नेपाल महासंघद्वारा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गुणस्तरीय सूचना प्रविधिको प्रवर्द्धन नगरी मुलुक बलियो बन्न नसक्ने हुँदा यसका लागि सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइज गर्नुपर्ने बताएका हुन्। 

images

विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड १९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै उनले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइजेशनमा लिनुपर्ने बताए।

images
images

'हामीले सूचना प्रविधिको महत्व पहिले पनि बुझेकै हो । तर महामारीको समयमा यो हाम्रो जिविका चलाउने मुख्य माध्यम नै बन्न गयो र यसलाई हामी सबैले सहजरुपमा स्विकार पनि गर्‍यौं' उनले भने। 

उनले नेपाल उद्योग वाणिज्य महासंघले सूचना प्रविधिको विकासलाई ठूलो महत्व दिएको र महासंघको भिजन पेपरमा समेत सूचना प्रविधिको विकासलाई प्रमुखताका साथ समेटेको बताए। 

images

प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८१०:१५
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ