बिहीबार , वैशाख २० गते २०८१    
images
images

कर्णाली करिडोर : आव २०७९/८० सम्म २४ प्रतिशत प्रगति, कहिले सकिन्छ आयोजना?

images
images
images
कर्णाली करिडोर : आव २०७९/८० सम्म २४ प्रतिशत प्रगति, कहिले सकिन्छ आयोजना?

आव २०७९/८० सम्म आइपुग्दा यो आयोजनाले १ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ भने २ अर्ब ३० करोड ९२ लाख रुपैयाँ बराबरको ठेक्का लागेको आयोजनाले जनाएको छ। 

images
images

काठमाडौं- उत्तर-दक्षिण करिडोर अन्तर्गत कर्णाली करिडोरलाई उच्च प्राथमिकतामा राखेर सरकारले निर्माण गरिरहेको छ। कर्णाली करिडोर, हिल्सा सिमिकोट सडक आयोजना आर्थिक वर्ष २०६९/७० बाट निर्माण सुरु भएको हो। आयोजना सुरु भएको १० वर्ष पूरा भइसक्दा हालसम्मको भौतिक प्रगति २४ प्रतिशतमात्र रहेको छ। 

images
images
images

कालिकोटको खुलालुदेखि सिमिकोट हुँदै हिल्सासम्म रहेको यो आयोजनाको लम्बाई २ सय ६९ किलोमिटर रहेको छ। जसमध्ये २ सय ६३.५ किलोमिटर ट्राक निर्माण भइसकेको छ भने बाँकी २.५ किलोमिटरको ट्राक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ।

images

त्यस्तै सिमिकोट-स्यामने ४.५ किलोमिटर सडकमा स्थानीयले मुआब्जाको माग राखेर निर्मामा अवरोध गरेका थिए। तर हाल अवरोध हटेर काम पुनः सुरु भएको आयोजनाले जनाएको छ। यो खण्डमा वैकल्पिक सडक हुँदै यातायात सञ्चालन भइरहेको छ। 

images

कालिकोट, बाजुरा र हुम्ला भएर जाने यो सडकको कुल लम्बाई २ सय ६८.६५ किलोमिटर मध्ये कालिकोटको खुलालुदेखि लैफुसम्म ४० किलोमिटर, बाजुरामा लैफुदेखि कवाडीसम्म ४४ किलोमिटर र हुम्लामा कवाडीदेखि सिमिकोट हुँदै हिल्सासम्म १ सय ८४.६५ किलोमटिर रहेको छ। 

images
images

आयोजना सुरु हुँदा २०६९/७० मा यसको कुल लागत ६ अर्ब ६६ करोड १९ लाख रुपैयाँ रहेको थियो। कर्णाली करिडोर आयोजनाको सम्पन्न हुने मिति आर्थिक वर्ष २०८३/८४ बनाइएको छ। यो संशोधित समयतालिका हो। यहीअनुसार भौतिक प्रगति हुँदा उक्त मितिमा आयोजना सम्पन्न हुने सम्भावना ज्यादै न्यून रहेको छ। 

आव २०७९/८० सम्म आइपुग्दा यो आयोजनाले १ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ भने २ अर्ब ३० करोड ९२ लाख रुपैयाँ बराबरको ठेक्का लागेको आयोजनाले जनाएको छ। 

सडक निर्माणतर्फ यो आयोजनामा २० वटा ठेक्का लागेकोमा आव २०७९/८० सम्ममा ३ वटा सम्पन्न भएको, एउटाको निर्माण कार्य पूर्ण रुपमा सकिएको र एउटाको काम सुस्त गतिमा भइरहेको छ। त्यस्तै पुलतर्फ ५ वटा ठेक्का लागेको र ९ वटा पुल डिजाइन बिड मोडलमा ठेक्का लागि डिजाइनको चरणमा रहेको आयोजनाको भनाइ छ।

कालिकोटको खुलालुदेखि सिमिकोट हुँदै हिल्सासम्म पक्की सडक निर्माण गरि कालिकोट, बाजुरा र हुम्दालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने र उक्त क्षेत्रका जनताको शिक्षा, स्वास्थ्यजस्ता आधारभुत आवश्यकता परिपूर्तिको लागि पहुँच अभिवृद्धि हुने, पर्यटन प्रबद्र्धन हुने, स्थानीय कृषि तथा जडिबुटी उत्पादन बजारसम्म लान सहज भइ जनताको जीवनस्तर सुधार हुने अपेक्षा सरकारले गरेको छ। तर आयोजना समयमा नसकिँदा जनताको उक्त चाहना पूरा हुन सकेको छैन। 

हिल्सा सिमिकोट सडक खण्डअन्तर्गत ९५ किलोमिटर मध्ये सबै ट्राक खोलिसकिएको र सिमिकोट सल्लिसल्ला सडक खण्डको ५० किलोमिटरमध्ये ३८ किलोमिटर ट्राक खुलिसकेको छ। सल्लिसल्ला सडक खण्डको ५० किलोमिटर मध्ये लालिबगरदेखि छारे सडक खण्डको ११ किलोमिटर नेपाली सेनाको जिम्मामा रहेको र बाँकी ४.५ किलोमिटर रहेको सिमिकोटदेखि स्यामने सडक खण्डमा स्थानीयले मुआब्जा माग गरेकाले निर्माण रोकिएको आयोजनाले जनाएको सडक विभागको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ। खुलालु सल्लिसल्ला सडक खण्डको १ सय २२.७५ किलोमिटर मध्ये ३५ किलोमिटर सडक चौडा गर्ने काम भइरहेको छ। यस आयोजनाअन्तर्गत ५ वटा पुल निर्माणधीन रहेका छन्। खुलालु-सल्लिसल्ला खण्डमा ९ वटा पुल डिजाइन चरणमा रहेका छन्। 

आयोजनाको मुख्य समस्या

हिमपात तथा जाडोयाममा अत्याधिक चिसोका कारण कार्यसमय कम भइ ठेक्का समयमा सम्पन्न नहुनु।

पुरै लम्बाईमा ट्राक नखुलेको साथैृ ट्राक खुलेको लम्बाईमा पनि कच्ची सडक भएकाले निर्माण सामाग्री ढुुवानीमा कठिनाइ। 

सिमिकोट-स्यामने (४ किलोमिटर) सडकमा स्थानीयले जग्गाको मुआब्जा माग राखि निर्माणमा अवरोध गरेको। 
विष्फोटक पदार्थ ढुवानीमा कठिनाइ। 

चीनको नाका हिल्सासम्म ट्राक खोलिसकिएको र नाका बन्द रहेका कारण निर्माण सामाग्री ल्याउन नसक्दा निर्माण कार्यमा ढिलाई हुने गरेको। 

समाधानका उपाय तथा प्रयास

नेपाल-चीनको हिल्सा नाका खोल्नका लागि पहल हुनुपर्ने। 

मुआब्जाको माग राखि निर्माण कार्यमा अवरोध गरेको सडक खण्डका लापग मुआब्जाको व्यवस्था हुनुपर्ने। 

यी समस्या समाधानका लागि आयोजनाले स्थानीय स्थरमा र सडक विभागमार्फत समन्वय गरिरहेको जनाएको छ।  

images

प्रकाशित : सोमबार, असोज १५ २०८००१:०६

प्रतिक्रिया दिनुहोस