बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो घरजग्गा मूल्य सर्वेक्षण

images
शुक्रबार, मंसिर ३ २०७८
images
images
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो घरजग्गा मूल्य सर्वेक्षण

तथ्यांकीय उपलब्धततामा कमीका बाबजुद पहिलो प्रतिवेदन ल्याइएको र यसलाई अब त्रैमासिक रुपमा प्रकाशित गरिने बैंकका निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिए। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण सुरु गरेको छ। केन्द्रीय बैैंकले नियमित सर्वेक्षणको सुरुवात गरेको हो। 

images

बैंक अन्तर्गतको अनुसन्धान विभागले पहिलो सर्वेक्षण प्रतिवेद आज सार्वजनिक गरेको छ।

images
images

तथ्यांकीय उपलब्धततामा कमीका बाबजुद पहिलो प्रतिवेदन ल्याइएको र यसलाई अब त्रैमासिक रुपमा प्रकाशित गरिने बैंकका निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिए। 

images
images
images

बैंकले आज प्रकाशित गरेको प्रतिवेदन २०७७/७८ को ९ महिनाको तथ्यांक समावेश गरिएको छ। नेपालमा धेरै घरजग्गाको कारोबार हुने २० जिल्लाको नमुना लिएर सर्वेक्षण गरिएको श्रेष्ठले जानकारी दिए।

घरजग्गाको दुई तरीकाले तथ्यांक संकलन गरिएको छ। मालपोत र बैंकबाट लिइएको तथ्यांकलाई आधार मानेर सर्वेक्षण गरिएको छ। 

पुँजीगत लाभकर न्यून तिर्नका लागि मालपोतको मूल्य सूचक न्यून हुने तर बैंकको  मूल्यांकन बढी लेखिएको छ।

२०७५/७६ लाई आधार वर्ष मानेर सर्वेक्षण गरिएको छ। यो सर्वेक्षण अनुसार बैंकको मूल्यांकनमा २०७६/७७ मा घरजग्गाको औषत मूल्य सूचक २६.४५ प्रतिशतले बढेको थियो। त्यस्तै मालपोतको तथ्यांक अनुसार भने १९.७३ प्रतिशतले बढेको थियो। 

२०७७/७८ को पहिलो नौ महिनामा घरजग्गाको मूल्य बैंकिङ मूल्यांकनमा १६.३१ र मालपोतको १२.५७ प्रतिशतले बढेको छ। 

यो सर्वेक्षण प्रत्येक तीन महिनामा प्रकाशित हुँदै जाने छ। आगामी दिनमा तथ्यांकको ट्रेन्ड विश्लेषण गर्न सहज हुने श्रेष्ठको विश्वास छ।

 


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend