आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

चाडबाड केन्द्रित बजार अनुगमन तीव्र

images
आइतबार, असोज १४ २०८०
images
चाडबाड केन्द्रित बजार अनुगमन तीव्र
फाइल तस्बिर

चाडपर्व लक्षित दैनिक ३५ टोलीबाट अनुगमन भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

images
images

काठमाडौं- सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ।

images
images
images

उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवर्द्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

images
images

विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले साउन १ देखि अहिलेसम्म देशभर एक साथ संयुक्तरुपमा बजार अनुगमन जारी रहेको बताए। उनका अनुसार यो समयमा एक हजार एक सय ४६ फर्ममा अनुगमन गर्दा कैफियत गर्नेबाट ९२ लाख २५ हजार रूपैयाँ जरिवाना तिराइएको छ।

images
images

त्यस्तै ३४ फर्मबाट एक करोड दुई लाख रूपैयाँ मूल्यका मालवस्तु नष्ट गरिएको पोखरेलले बताए। चाडपर्व लक्षित दैनिक ३५ टोलीबाट अनुगमन भइरहेको उनले बताए।

आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुहरुको अनुगमनलाई तीव्रता दिइने भएको छ। विभागबाट प्राप्त विवरणअनुसार एक हजार एक सय ४६ फार्ममा अनुगमन गरी तीन सय ४७ फर्मलाई जरिवाना लगाइएको छ।

कुल तीन सय ३२ फर्मलाई सुधारका लागि निर्देशन दिइएको छ भने जम्मा २६ फर्म मात्रै सामान्य अवस्थामा रहेको पाइएको छ। अनुगमनलाई चाडपर्व सकिएपछि पनि निरन्तरता दिने सोचमा रहेको विभागले जानकारी दिएको छ। रासस


प्रकाशित : आइतबार, असोज १४ २०८०१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend