आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम, मूल्य स्थिरीकरण कोष तथा सरकारले दिने रकमबाट समायोजन गर्ने

images
आइतबार, असोज १४ २०८०
images
पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम, मूल्य स्थिरीकरण कोष तथा सरकारले दिने रकमबाट समायोजन गर्ने

मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यबृद्धि गर्ने निर्णय आजै राति १२:०० बजेबाट लागु हुने गरी फिर्ता

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि पुरानै कायम हुनेगरी फिर्ता लिएको छ। 

images
images
images

'पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री दाहालबाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२:०० बजेबाट लागु हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ' निगमले विज्ञप्तीमार्फत सूचित गरेको छ। 

images
images

हिजो शनिबार रातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले ग्यासकाे मूल्य प्रतिसिलिन्डर २ सय १५ रूपैयाँले बढाएकाे थियो भने पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ र डिजेलमा प्रतिलिटर ६ रूपैयाँ बढाएकाे थियो।

images
images

चाडबाडको मुखमा मूल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पारेको भन्दै विरोध भएपछि प्रधानमन्त्री दाहालले मूल्यवृद्धिको निर्णय फिर्ता लिन निर्देशन दिएका थिए। 

 


प्रकाशित : आइतबार, असोज १४ २०८००८:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend