शनिबार, वैशाख ८ गते २०८१    
images
images

मध्यपहाडी कालोपत्र : निर्णयमा पाना भरिन्छन्, काममा प्रगति हुँदैन

images
images
मध्यपहाडी कालोपत्र : निर्णयमा पाना भरिन्छन्, काममा प्रगति हुँदैन

निर्णय पुस्तिकाका पाना भरिन्छन् तर काममा प्रगति हुँदैन। 

images
images

बलेवा-  राष्ट्रिय गौरवको आयोजना  मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ-घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक-पटक बैठक भए। जिल्ला प्रशासन कार्यालयले आयोजना र निर्माण कम्पनीलाई प्रतिबद्ध बनाउँदै आएको छ। हरेक वर्षायाम सकिएर हिउँद लाग्दा जिल्लाका सरोकारवालाको बैठक जिप्रकामा हुन्छ। निर्णय पुस्तिकाका पाना भरिन्छन् तर काममा प्रगति हुँदैन। 

images
images
images

प्रशासनले फेरि आयोजना र निर्माण कम्पनीलाई ताकेता गर्ने प्रयास गर्‍यो। बिहीबार सरोकारवाला राखेर कामका लागि प्रतिबद्ध बनाउन खोजिए पनि आयोजना प्रमुखले भने प्रमुख जिल्ला अधिकारीलाई नै झुट बोलेर बैठक भाँडियो। निर्माण कम्पनीका प्रमुख उपस्थित हुन्छन् भनेर डाकिएको बैठकमा आयोजनाको कुश्मास्थित कार्यालयका प्रमुख नारायणदत्त भण्डारी नै निर्धारित समयभन्दा ढिलो उपस्थित भए। 

images

१० बज्नै लाग्दा निर्माण व्यवसायीका प्रतिनिधि मात्रै बैठकमा उपस्थित भए। उक्त खण्डमा काम गरिरहेका दुई निर्माण कम्पनीका साइड इञ्चार्ज सौरभ घिमिरे बैठकमा आए। प्रजीअ शिवकुमार कार्कीले समयमै नआएको र आउने भनिएका व्यक्त्ति नआएकाे भन्दै प्रश्न गरे। 

images

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानालगायत दलीय प्रतिनिधिले निर्माण व्यवसायी नै नआएकाले आयोजनासँग छलफल गर्नुको कुनै औचित्य नरहेको भन्दै बैठकबाट हिँडे। 

images
images

सर्कुवामा अनुगमनको कार्यक्रम थियो, पुग्ने बेलासम्म यहाँ कुरेर बसियो, ठेकेदार आउलान भनेको उनका दूतमात्रै आएपछि सबै हिँडेकाे जीसस प्रमुख ढुंगानाले बताए। यो आयोजनाको अपमान र काम नगर्ने प्रवृत्तिको चित्र हो। समयमा काम नगर्न कै लागि आयोजनाले निर्माण व्यवसायीलाई उपस्थित नगराएको आरोप उनको छ। 

ठेकेदार र आयोजना दुवैको लापर्बाही रहेको दलीय प्रतिनिधिहरुको आरोप छ। कोरोनाको बहानामा यसपटक देशभरका निर्माण व्यवसायीले चैत मसान्तसम्मको म्याद पाएका छन्। लोकमार्गको २५ किलोमिटर खण्डको काम पाएका निर्माण कम्पनीले पनि चैतसम्मको समय पाए। निर्माण कम्पनीको लापर्बाहीका कारण ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दासमेत कालोपत्रेको काम रोकिएको सरोकारवालाको आरोप छ। काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्नुपर्ने नेताले बताए। 

२०७२/७३ मा सुरु भएको बिहुँ खण्ड र ०७३/७४ मा सुरु भएको बागलुङ अक्षेते खण्ड तीन वर्षमा सकिनुपर्ने थियो। ६ वर्ष समय बितिसक्दासमेत म्याद थप्नेबाहेक काम भएको छैन। म्याद थप्ने समयमा मात्रै देखिने मजदुर म्याद थप भएपछि देखिन छोड्छन् भने निर्माण उपकरण थन्किने गरेका छन्। 

बागलुङ अक्षेते खण्ड स्तरोन्नति र कालोपत्रेको जिम्मेवारी पाएको भारत सिद्धिसाही जेभीले १२ दशमलव पाँच किलोमिटर र बिहुँ घोडाबाँधे खण्डको जिम्मेवारी पाएको सूर्य कन्ट्रक्सन दुवैले चित्तबुझ्दो काम नगरेको उनीहरुको आरोप छ। निर्माण व्यवसायीकै उपस्थितिमा तत्काल अर्को बैठक बसेर आयोजनाका विषयमा छलफल गर्ने जिप्रकाले जनाएको छ। रासस

images

प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०८:०८

प्रतिक्रिया दिनुहोस