आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

बाख्रापालनबाट वार्षिक सात लाख रूपैयाँ आम्दानी गर्दै तनहुँकी श्रीमाया

images
आइतबार, असोज १४ २०८०
images
बाख्रापालनबाट वार्षिक सात लाख रूपैयाँ आम्दानी गर्दै तनहुँकी श्रीमाया

उनले पछिल्लो समय १२ लाख रूपैयाँको लागतमा सुधारिएको खोर निर्माण गरी व्यवस्थितरूपमा बाख्रापालन व्यवसायलाई अगाडि बढाएकी छिन्।

images
images

दमौली- तनहुँको भिमाद नगरपालिका-९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन्। उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहेकी छिन्।

images
images
images

बाख्रापालनबाट वार्षिक सात लाख रूपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछिन्। उनले यस वर्ष १५  बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम आम्दानी गरेकी हुन्। उनले भनिन्, 'बाख्रापालन व्यवसायबाट सन्तुष्ट छु, यही व्यवसायबाट घरपरिवार चल्दै आएको छ।'

images
images

उनले १५ रोपनी जग्गामा घाँसखेतीसमेत गरेकी छिन्। बाख्रालाई घाँस आवश्यक पर्ने भएकाले मकै, कोदो रोप्ने बारीमा उन्नत जातका डाले तथा भुइँ घाँस लगाएको किसान आलेले बताइन्।

images
images

उनका अनुसार बडहर, राइखनियो, इपिलइपिल, मेन्दोला, कुटमेरो, भटामासे, किम्बु, निमारोलगायतका डाले तथा नेप्पियर सिओफोर, सिओ थ्री, सुपर नेपियर, मलाटो, मकैचरीलगायतका भुइँ घाँस लगाइएको छ। उनले पछिल्लो समय १२ लाख रूपैयाँको लागतमा सुधारिएको खोर निर्माण गरी व्यवस्थितरूपमा बाख्रापालन व्यवसायलाई अगाडि बढाएकी छिन्।

बाख्रा खोरमा गर्भवती बाख्रा, किशोरी बाख्रा, पाठापाठी, ब्याड बोका र सुत्केरी बाख्रा राख्ने छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ। यसरी कोठामा बाख्रा राख्दा बाख्रा तुहिने समस्या नहुने र रोगबाट बचाउन सकिने उनको भनाइ छ। उनले उन्नत जातको बोयर बोकासमेत पालेकी छिन्। बाख्रालाई चाहिने सुष्म पोषकतत्व खनिज ढिक्का बनाएर नियमित खुवाउने गरेको उनले जानकारी दिइन्। नियमित खनिज ढिक्का खुवाउनाले बाख्रा फस्टाउनुका साथै खसीबोकाको तौलमा वृद्धि हुने उनको भनाइ छ।

किसान आलेले नौ महिनादेखि एक वर्षको अवधिमा ४५ केजीभन्दा बढी तौलका खसीबोका उत्पादन गरी बिक्री गर्ने गरेको जानकारी दिइन्। उनका अनुसार ब्याडका रूपमा बिक्री गर्ने बोका जिउँदो प्रतिकेजी एक हजारका दरले बिक्री हुँदै आएको छ।

एउटै ब्याड बोका बिक्री गर्दा ४० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ। मासुका लागि जिउँदो तौलको प्रतिकेजी पाँच सय ५० रूपैयाँका दरले खसीबोका बिक्री भएको छ। रासस


प्रकाशित : आइतबार, असोज १४ २०८००४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend