आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आकासिँदो मूल्यवृद्धि, नियमन गर्नुपर्ने सरकार आफै बढाउँछ मूल्य 

आइतबार, असोज १४ २०८०
आकासिँदो मूल्यवृद्धि, नियमन गर्नुपर्ने सरकार आफै बढाउँछ मूल्य 

बजारमा अहिले मुख्यत: चामल, दाल र मसलाजन्य दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक बढेको छ। खाद्य तथा अन्य उपभोग्य वस्तुको मूल्य त बढेको छ तर त्यो वृद्धिदर कति हो भनेर विश्लेषण गर्ने र नियमन गर्नुपर्ने सरकार उल्टो मूल्य बढाउँदै आएको छ। 

काठमाडौं- दसैँ नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्ग वस्तुको मूल्य आकासिँदो छ। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको देखाउँदै र  कतिपय दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव देखाउँदै मूल्य बढेको छ। 

केही दिनअगाडिबाट व्यापारीले अभाव देखाउँदै चिनीको मूल्य १ सय रुपैयाँबाट बढाएर १ सय ४० रुपैयाँसम्म पुर्‍याएका थिए। फेरि होलसेल तथा डिलर व्यापारीले बजारमा चिनी नै बिक्री गर्न छाडेका छन्। होलसेलमा चिनी खरिद गर्न पुगेका एक व्यवसायीले शुक्रबार बिहान कालिमाटी/त्रिपुरेश्वर क्षेत्रको कुनै पनि होलसेलमा चिनी नपाएको बताए। 

बजारमा अहिले मुख्यत: चामल, दाल र मसलाजन्य दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक बढेको छ। खाद्य तथा अन्य उपभोग्य वस्तुको मूल्य त बढेको छ तर त्यो वृद्धिदर कति हो भनेर विश्लेषण गर्ने र नियमन गर्नुपर्ने सरकार उल्टो मूल्य बढाउँदै आएको छ। 

चाडपर्वको मुखमा नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले अधिक नाफाको ग्यारेन्टी गर्दै मूल्य बढाउँदै आएको छ। भारतबाट घटेर आउँदा नघटाउने निमगले बढेर आउँदा भने प्रत्येक पटक बढाउने गरेको छ। 

नेपालमा पेट्रोलिमय पदार्थको व्यापारमा एकाधिकार रहेको सरकारले नै मूल्यमा मनपरी गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यलाई देखाउँदै बढाएपनि त्यो कति जायज हो भनेर कुनै पनि निकायले हेर्ने गरेको छैन। नेपाल आयल निगमको कुशासनको मूल्य पनि उपभोक्ताले भुक्तान गर्दै आएका छन्। 

व्यापारीले विभिन्न बहानमा अहिले चामल प्रतिबोरा दुई सय रुपैयाँसम्म मूल्य बढाइसकेका छन्। साथै दालको मूल्य पनि प्रतिकिलो २० रुपैयाँभन्दा बढी बढाइसकेका छन्। एक्कासी दैनिक उपभोग्य वस्तुको मूल्य बढेपछि विभागले भन्सारबाट आयात भएको परिमाण तथा मूल्य र आन्तरिक उतपादनको विषयमा अध्ययन गरिरहेको उनले बताए।

सबैभन्दा बढी मूल्य बढेको वस्तु हो मसला। मसलाजन्य वस्तुमा पनि जिराको मूल्य निरन्तर बढिरहेको छ। विगत ४/५ वर्षदेखि जिराको मूल्य प्रतिकिलो ५ सय रूपैयाँभन्दा माथि पुगेको थिएन। तर गएको दसैँ तिहारपछि भने विस्तारै जिराको मूल्य बढ्न थालेको हो। 


प्रकाशित : आइतबार, असोज १४ २०८००३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend