मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

मानुषी लघुवित्तको नाफामा छलाङ, कति दिनसक्ला लाभांश? 

images
शुक्रबार, मंसिर ३ २०७८
images
images
मानुषी लघुवित्तको नाफामा छलाङ, कति दिनसक्ला लाभांश? 
images
images

काठमाडौं- मानुषी लघुवित्तको पहिलो तीन महिनामा खुद नाफा २४ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा १३ लाख ५९ हजार रुपैयाँ घाटामा रहेको थियो। 

images
images

लघुवित्तको खुद ब्याज आम्दानी १९.६३ प्रतिशत बढेर २ करोड ४८ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक बर्षको साही अवधिमा लघुवित्तले २ करोड ७ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

images
images

असोज मसान्तसम्म लघुवित्तको फि कमिशनमार्फ आम्दानी १११.१४ प्रतिशत बढेर ८३ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको फि कमिशनमार्फ आम्दानी ३९ लाख ६० हजार रुपैयाँ आर्जन गरेको थियो।

images
images
images

लघुवित्तको चुक्ता पूँजी ५६.२५ प्रतिशत बढेर १० करोड ९३ लाख ७५ हजार रुपैयाँ, जगेडा कोष ५८.३२ प्रतिशत बढेर ४ करोड ३१ लाख ७१ हजार रुपैयाँ, निक्षेप संकलन १७.९७ प्रतिशत बढेर ६७ करोड ६२ लाख १० हजार रुपैयाँ र कर्जा लगानी ४२.९४ प्रतिशत बढेर १ अर्ब २० करोड ७४ लाख ७५ हजार रुपैयाँ पुगेको छ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी बढेर ८ रुपैयाँ ८६ पैसा पुगेको रहेको छ।

कम्पनीले गत भदाैमा १०० अङ्कित दरका तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन तथा बिक्री खुला गरेको थियो।


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend