सोमबार, वैशाख २४ गते २०८१    
images
images

टाटा पन्च ईभी नयाँ नेक्सन ईभीबाट प्रभावित, भारतमा सार्वजनिक भएलगत्तै नेपाल आउने

images
images
images
टाटा पन्च ईभी नयाँ नेक्सन ईभीबाट प्रभावित, भारतमा सार्वजनिक भएलगत्तै नेपाल आउने

पन्च ईभीमा फेसलिफ्ट नेक्सन र नेक्सन ईभीमा जस्तै परिस्क्रित इन्टेरियरमा आउनेछ।

images
images

काठमाडौं- विद्युतीय सवारी बनाउन आक्रामक रुपमा लागेका टाटा मोटर्सले पन्च ईभी सार्वजनिक गर्दैछ। पन्च ईभी टाटा मोटर्सले हालै भारतमा सार्वजनिक गरेको नेक्सन ईभीको फेसलिफ्ट डिजाइनबाट प्रभावित भएर तयार भएको छ। 

images
images
images

टाटा मोटर्सले निकै आकर्षक डिजाइनमा भारतीय बजारमा नेक्सन र नेक्सन ईभीको फेसलिफ्ट मोडल हालैमात्र सार्वजनिक गरेको थियो। टाटाले कम्प्याक्ट एसयूभी नेक्सनको विद्युतीय भर्सनपछि टिगोर र टियागो ईभी बजारमा ल्याइसकेको छ। टाटाले अब भने आफ्नो चौथो विद्युतीय कारका रुपमा पन्च ईभी ल्याउन लागेको छ। 

images

टाटाले भारतीय बजारमा यही फेस्टिभ सिजनमा पन्च ईभी सार्वजनिक गर्दैछ। पन्च ईभी एएलएफए प्लेटफर्ममा बनेको पहिलो विद्युतीय कार हुने भएको छ। पन्च ईभीमा टाटाले पहिलो पटक चार्जिङ पोर्ट अगाडि राखेको छ। यसअघि आएका टियागो ईभी, टिगोर ईभी र नेक्सन ईभीमा परम्परागत रुपमा इन्धन भरिने स्थानमै चार्जिङ पोर्ट राखिएको छ।

images

पन्च ईभीमा फेसलिफ्ट नेक्सन र नेक्सन ईभीमा जस्तै परिस्क्रित इन्टेरियरमा आउनेछ। आईसी इन्जिनयुक्त पन्चको तुलनामा ईभीमा अगाडिको बाहिरी भागमा पनि धेरै नै परिमार्जन गरिएको छ। 

images
images

पन्च ईभीमा ठूलो आकारको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहित एप्पल कारप्ले, एन्ड्रोइड र इन कार कनेक्टेड टेक रहने छ। त्यस्तै अन्य विशेषताहरुमा टू स्पोक फ्याट बटन स्टेरिङ ह्वील, पूर्णडिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ६ एयरब्याग, ३६० डिग्री क्यामेरालगायन हुनेछ। 

टाटा पन्च ईभी जिपट्रोन प्रविधिमा आधारित हुने र दुई ब्याट्री अप्सनमा आउने अनुमान गरिएको छ। ५ सिट क्षमताको यो विद्युतीय एसयूभीले एक पटकको फुल चार्जमा ३ सय ५० किलोमिटरभन्दा बढी रेन्ज दिनेछ। पन्च ईभी नेक्सन ईभीभन्दा तल र टियागो तथा टिगोर ईभीभन्दा माथि हुनेछ। 

टाटा मोटर्सले २०२६ सम्ममा १० वटा विद्युतीय कार बजारमा ल्याउने योजना बनाएको छ। भारतीय बजारमा विद्युतीय गाडीको माग बढ्दै गएको छ। उपभोक्ताको यही चाहनालाई ध्यानमा राखेर टाटाले अटो एक्सपो २०२३ मा पन्च ईभी, अल्ट्रोज ईभी तथा अभेन्या र कर्भ ईभी कन्सेप्ट सार्वजनिक गरेको थियो। 

टाटाले विद्युतीय गाडीसँगै चार्जिङ स्टेसनलगायतका पूर्वाधारमा पनि लगानी बढाइरहेको छ। त्यसैले पनि टाटाका विद्युतीय कार प्रति उपभोक्ताको विश्वास बढ्दै गएको छ। 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पेट्रोलियम भर्सनको पन्च नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको थियो। भारतमा चाडपर्वको सिजनमा पन्च ईभी सार्वजनिक हुने र त्यसलगत्तै नेपाली बजारमा आउने छ। 

हाल नेपाली बजारमा टाटाको नेक्सन ईभी तथा टिगोर ईभी बिक्री हुँदै आएको छ। नाडा अटो शोमा सार्वजनिक भएसँगै टियागो ईभी पनि बिक्री भइरहेको छ। ह्याचब्याक सेगमेन्टमा तुलनात्मक रुपमा प्रतिस्पर्धी मूल्यमा आएको टियागो ईभी ६ सयभन्दा बढी बुकिङ भइसकेको कम्पनीको भनाइ छ। त्यस्तै नेक्सन ईभी नेपालमा सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभी बनेको छ। 

सिप्रदीले विद्युतीय ट्याक्सीसमेत टाटा एक्सप्रस टी उपलब्ध गराइरहेको छ। योसँगै कम्पनीले अघिल्लो साता कमर्सियल सेगमेन्टमा पनि विद्युतीय सवारी नेपाली बजारमा ल्याएको हो। टाटा एस ईभी नेपाली बजारमा बिक्री सुरु भइसकेको छ।

images

प्रकाशित : शनिबार, असोज १३ २०८००५:३५

प्रतिक्रिया दिनुहोस