सोमबार, असोज ७ गते २०८१    
images
images

काल्पनिक ऋण लगानी देखाइ २ करोड ६९ लाख हिनामिना गर्ने सहकारी प्रबन्धक पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १२ २०८०
images
images
काल्पनिक ऋण लगानी देखाइ २ करोड ६९ लाख हिनामिना गर्ने सहकारी प्रबन्धक पक्राउ

बिभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र १ सय ३० सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाइ रकम हिनामिना गरेका थिए।

images
images

तनहुँ- भिमाद नगरपालिका-९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ। सोही वडा निवासी ५२ बर्षीय प्रबन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो।

images
images
images

उक्त सहकारी संस्थाको २ करोड ६९ लाख ७१ हजार ९ सय ६६ रुपैयाँ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिएका छन्। 

उनले बिभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र १ सय ३० सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाइ रकम हिनामिना गरेका थिए।

रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images


प्रकाशित : शुक्रबार, असोज १२ २०८००७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend