सोमबार, असोज ७ गते २०८१    
images
images

चीन घुमेको घुम्यै छन् प्रधानमन्त्री दाहाल, आज छेन्दुको पाण्डा प्रजनन् केन्द्र घुम्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १२ २०८०
images
images
चीन घुमेको घुम्यै छन् प्रधानमन्त्री दाहाल, आज छेन्दुको पाण्डा प्रजनन् केन्द्र घुम्ने

बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए।

images
images

काठमाडौं- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार चीनको छेन्दु जाँदै छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दुतर्फ लागेर त्यहाँ पाण्डा प्रजनन् केन्द्रलगायत स्थानमा घुम्दै छन्। 

images
images
images

गएको भदौ ३० गते प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभाका भाग लिन अमेरिका गएर न्यूयोर्कमा ६ दिन बिताएपछि ५ असोजमा उतैबाट चीन पुगेका हुन्। राजनीतिक भेटघाटभन्दा बढी यसपटक उनी घुमघाममा केन्द्रित देखिन्छन्। 

उनी शुक्रबार स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्नेछन्। छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम तय छ। 

यसअघि उनले चोङकिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेससहित ल्हासाको पोताला दरबार, जोखाङ मन्दिर, कैलाश बे क्याम्प, मानसरोबरजस्ता स्थानमा भ्रमण गरिसकेका छन। 

images

त्यसपछि उनले शुक्रबार साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन्।

बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए। प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता पनि गरे। त्यसअघि उनले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए।

प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम रहेको छ। उनको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू रहेका छन्। 


प्रकाशित : शुक्रबार, असोज १२ २०८००४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend